सीएमजीको “चिनियाँ रातो” एच के प्रविधियुक्त प्रसारण गाडी पेरिस ओलम्पिक खेलकुदका लागि प्रस्थान
2024-05-18 18:19:48cri
Share with:

मे १८ तारिख बिहान ६ बजे चाइना मिडिया ग्रुपको एच के प्रविधियुक्त अत्यधिक उच्च परिभाषा प्रसारण गाडी  “चिनियाँ रातो”ले पैचिङमा रहेको चाइना मिडिया ग्रुपबाट पेरिस ओलम्पिक खेलकुदका लागि प्रस्थान गरेको छ। चाइना मिडिया ग्रुपको प्रसारण गाडीले विदेशमा ओलम्पिक खेलकूदको एच के सार्वजनिक संकेतको उत्पादन गर्ने यो पहिलो पटक हुनेछ।

 

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले फ्रान्सको सफल भ्रमण गरेपछि चाइना मिडिया ग्रुपले अन्तर्राष्ट्रिय ओलम्पिक समिति, फ्रान्सको ओलम्पिक खेलकुद समिति तथा पेरिस ओलम्पिक संयोजन समितिसँग पेरिस ओलम्पिक खेलकुदको प्रसारण कार्यबारे विस्तृत योजना बनाएर त्यसलाई पालना गरेको छ।