राष्ट्राध्यक्ष सी चिनफिङद्वारा पर्यटन कार्यबारे महत्वपूर्ण निर्देशन
2024-05-18 18:17:48cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले हालै पर्यटन कार्यबारे महत्वपूर्ण निर्देशन दिनुभएको छ। उहाँका अनुसार, सुधार र खुलापन विशेषत: चिनियाँ कम्युनिष्ट पार्टीको १८ औँ महाधिवेशनयता चीनको पर्यटन विकास द्रुत गतिले विकसित हुँदै आएकाले विश्वको सबभन्दा ठूलो देशभित्रको पर्यटन बजार बन्नुका साथै अन्तर्राष्ट्रिय पर्यटन क्षेत्रमा रहेको सबैभन्दा ठूलो यात्रु मुलुक र मुख्य गन्तव्य स्थल पनि बनिसकेको देखिन्छ। पर्यटन व्यवसाय क्रमश: उदियमान रणनीतिक स्तम्भ व्यवसाय बन्नुका साथै युगको स्पष्ट विशेषता सहित नागरिक व्यवसाय र सुमधुर व्यवसायको रूपमा पनि परिणत गरिएको छ।

नयाँ युगमा पर्यटन विकास सामु नयाँ अवसर र नयाँ चुनौती देखा परेको देखिन्छ। यस्तो सन्दर्भमा विभिन्न क्षेत्रका विभिन्न विभागहरूले कार्यकारी जिम्मेवारी भावनालाई सबल पारी पर्यटन व्यवसायको उच्च गुणस्तरीय विकासलाई अघि बढाउँदै जाने कुरामा पनि राष्ट्राध्यक्ष सीले जोड दिनुभएको छ।

अखिल चीन पर्यटन विकास सम्मेलन मे १७ तारिख पैचिङमा आयोजना गरिएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य एवम् केन्द्रीय प्रचार प्रसार विभागका प्रमुख ली शु लैले सम्मेलनमा राष्ट्राध्यक्ष सीको महत्वपूर्ण निर्देशनको हस्तान्तरण गर्दै सम्बोधन पनि गर्नुभएको छ।