चीन र इरान बीच सांस्कृतिक पूरातात्विक वस्तु क्षेत्रमा सहकार्य
2024-05-19 17:05:23cri
Share with:

इरान तथा चीन बीच सांस्कृतिक पूरातात्विक वस्तु क्षेत्रमा रहेको सहकार्य निरन्तर रूपमा सबल हुँदै जानेछ। अन्तर्राष्ट्रिय सङग्रहालय दिवस र राष्ट्रिय सांस्कृतिक पूरातात्विक वस्तु साप्ताहको स्मृत्ति गतिबिधि मे १८ तारिख तेहरानस्थित इरानी राष्ट्रिय सङग्रहालयमा आयोजना गरिएको छ। सो सङग्रहालयका प्रमुख जेब्लार नोर्केन्डले सो गतिबिधिमा सहभागी हुँदै उक्त कुरा बताउनुभएको हो।

प्रमुख नोर्केन्डका अनुसार, इरान र चीन दुवै नै विश्वका मुख्य सांस्कृतिक पूरातात्विक वस्तु केन्द्र हुन्। इतिहासमा दुवै देश बीच प्राचीन रेशमी मार्गमार्फत एकअर्कासँग जोडिन्थ्ये। सन् २०२३ को अप्रिल महिनामा एशिया सांस्कृतिक पूरातात्विक वस्तु संरक्षण गठबन्धन चीनको पल्लो शान सीको सिआन शहरमा स्थापना गरिएको छ। इरान र चीन दुवै त्यस गठबन्धनका संस्थापक सदस्य मुलुक हुन्।

हाल इरानी राष्ट्रिय सङग्रहालयका २१६ वटा मूल्यवान सांस्कृतिक वस्तुलाई चीनका विविध स्थानमा प्रदर्शनी गरिँदैछ। ती सांस्कृतिक वस्तुको अवलोकनमार्फत चिनियाँ आगन्तुकहरूले इरानको लामो ऐतिहासिक संस्कृतिबारे जानकारी लिनसक्ने कुरा प्रमुख नोर्केन्डले बताउनुभएको छ।