“सर्बिया चिनियाँ चलचित्र साप्ताह २०२४” शुरू
2024-05-19 17:06:36cri
Share with:

“सर्बिया चिनियाँ चलचित्र साप्ताह २०२४” मे १८ तारिख सर्बियाको राजधानी बेल्ग्रेडमा शुरू भएको छ। सर्बियाका विभिन्न क्षेत्रका व्यक्तिहरू र चिनियाँ प्रतिनिधिहरू लगभग १ सयजना उद्घाटन समारोहमा सहभागी भएका छन्।

सर्बियाका लागि चिनियाँ राजदूत ली मिङले उद्घाटन समारोहलाई सम्बोधन गर्दै सांस्कृतिक आदानप्रदान नै चीन-सर्बिया मित्रताको महत्वपूर्ण पूल र साधन हो भन्ने कुरामा जोड दिनुभएको छ। यस पटकको चलचित्र साप्ताहमार्फत सर्बियाका सर्वसाधारणले चीनबारे अझ गहन रूपमा जानकारी लिनुका साथै चिनियाँ संस्कृतिको विशेषताको पनि अनुभव गर्नसक्ने विश्वास पनि उहाँले प्रकट गर्नुभयो। उहाँले भन्नुभयो: “सर्बिया चिनियाँ चलचित्र साप्ताह २०२४” बाट दुवै देशका जनता बीचको मित्रता र सहकार्यलाई प्रबर्द्धन गर्नका लागि सघाउ पुग्नेछ।

“सर्बिया चिनियाँ चलचित्र साप्ताह २०२४” चीनको राष्ट्रिय चलचित्र ब्युरो, सर्बियाका लागि चिनियाँ दूताबास र सर्बियाको संस्कृति विभागले संयुक्त रूपमा आयोजना गरेका हुन्।