अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्ष बाहद्वारा सीएमजीको पेरिस ओलम्पिक समूहलाई सम्बद्ध चिन्ह वितरण
2024-05-19 19:04:00cri
Share with:

 

मे १९ तारिख अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्ष थोमस बाहले चाइना मिडिया ग्रुप मातहतको शाङहाई अन्तर्राष्ट्रिय मिडिया बन्दरगाहको अवलोकन गर्नुभएको छ। सो अवसरमा उहाँले चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको प्रचार प्रसार विभागका उपप्रमुख एवम् चाइना मिडिया ग्रुपका महानिर्देशक शन हाई स्योङसँग सीएमजीको पेरिस ओलम्पिक खेलकुद समारोहको रिले-प्रसारण समूहलाई ओलम्पिक खेलकुदका सम्बद्ध चिन्हको वितरण गर्नुभएको छ। साथै उहाँहरूले संयुक्त रूपमा सीएमजीको पेरिस ओलम्पिक खेलकुदका लागि तयारी विशेष कार्यक्रम “मर्निङ स्पोर्ट्स”को पनि शुभारम्भ गर्नुभएको छ।