समुद्री पालन अखडा
2024-05-19 17:50:48CRI
Share with:

“कङ हाई १ नम्बर” समुद्री पालन अखडा चीनको पूर्वी भागको शान तोङ प्रान्तको येन थाइ शहरको समुद्री क्षेत्रमा अवस्थित छ। आकाशबाट हेर्दा समस्त समुद्री पालन अखडाको आकार फूलका ३ वटा टुक्रा जस्तै देखिन्छ। ती ३ वटा टुक्रा वास्तवमा ३ वटा पालन अङग हुन्। हरेक वर्ष ती पालन अखडाबाट २ लाख उत्कृष्ट माछा उत्पादन भएकाले प्रतिवर्षको उत्पादन मात्रा १ लाख ५० हजार किलोग्राम पुगेको तथ्याङ्क छ।

 

सो समुद्री पालन अखडामा मत्स्य पालन, समुद्री पर्यटन र आरामदायी बिदा लगायतका विविध क्षमता समावेश छन्। हरेक दिन चारै दिशाबाट आएका पर्यटकहरू त्यहाँ आनन्दसँग घुम्ने गर्दछन्। चीनको १८ हजार किलोमिटर लामो स्थल-समुद्री किनार रेखा र ३० लाख वर्ग किलोमिटर फराकिलो समुद्री भूखण्डको क्षेत्रफल रहेकाले समुद्री खाद्य भण्डारको निर्माण ज्यादै आवश्यक रहेको छ।