चिनियाँ परराष्ट्र मन्त्री:एक चीनको नीति नै थाइवान जलडमरुको शान्तिको आधार
2024-05-20 18:23:14cri
Share with:

एक चीनको सिद्धान्त नै थाइवान जलडमरुको शान्तिको संरक्षण गर्ने दृढ आधार हो। स्थानीय समयअनुसार सन् २०२४ मे २० तारिख चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका सदस्य,परराष्ट्र मन्त्री वाङ यीले आस्टानामा आयोजना भएको शाङहाई सहयोग संगठनको विदेश मन्त्री स्तरीय सम्मेलनमा भाग लिने क्रममा थाइवान क्षेत्रको “५.२० पदभार ग्रहण समारोह” बारेमा चीनको गम्भीर अडानबारे प्रकाश गर्दै उक्त कुरा बताउनुभएको हो।

उहाँका अनुसार एक चीनको सिद्धान्तलाई उल्लङ्घन गर्नुहुँदैन। विश्वमा एक चीन मात्रै छ र थाइवान चीनको एक भाग हो। यो ऐतिहासिक र कानूनी वास्तविकता हो। थाइवान क्षेत्रको स्वदेशी परिस्थिति जे जसरी परिवर्तन भए पनि उक्त वास्तविकता  परिवर्तन हुँदैन।

एक चीनको सिद्धान्त चीन र विश्वका विभिन्न मुलुकसँगको सम्बन्धको विकास गर्ने राजनीतिक आधार तथा पूर्वाधार हो। चीनको एकीकरणको प्रवृत्ति अपरिवर्तनीय छ। जन गणतन्त्र चीनसँगको भूमि विभाज्य हुँदैन,राष्ट्र अशान्त रहँदैन,जातीहरू तितर बितर हुँदैनन् र सभ्यता भत्किँदैन भन्ने साझा विश्वास रहेको छ। थाइवान समस्या चीनको आन्तरिक मामिला हो। राष्ट्रको सम्पूर्ण एकीकरणलाई साकार तुल्याउनु नै पूर्ण चिनियाँहरुको साझा माग मात्र नभई कुनै शक्तिद्वारा ब्लक गर्न नसकिने ऐतिहासिक प्रवृत्ति हो।