बेलायती मिडिया: बाइडेनले चीनमा नयाँ ट्यारिफ लगाएकोले अरूलाई हानि पुर्‍याउँछ र आफैलाई फाइदा गर्दैन
2024-05-20 16:28:53cri
Share with:

बेलायतको “द इकोनोमिस्ट” साप्ताहिकको वेभसाइटले हालै एउटा लेख प्रकाशित गरी यस पटक जो बाइडेनले चीनमा अति-उच्च ट्यारिफ लगाउन ट्रम्पलाई पनि उछिनेको भन्दै यसले अमेरिकी उपभोक्ताको लागि किनमेल लागत बढाउने र अमेरिकी उद्योगलाई फाइदाभन्दा बढी हानी पुर्‍याउने उल्लेख गरेको छ।

 

मे 14 तारिख नैतिक समीक्षापछि ह्वाइट हाउसले चिनियाँ अर्धचालक र सौर सेलको ट्यारिफ २५ प्रतशितबाट ५० प्रतिशतसम्म, सिरिन्ज र सुईको ० प्रतिशतबाट ५० प्रतिशतसम्म र लिथियम ब्याट्रीको ७.५ प्रतिशतबाट २५ प्रतिशतसम्म भन्सार शूल्क  बढाउने निर्णय गरेको थियो। सबैभन्दा बढी महसुल वृद्धि विद्युतीय सवारीसाधनमा भएको छ जसमा चिनियाँ निर्मित विद्युतीय सवारी साधनको भन्सार शुल्क २५% देखि १००% सम्म बढेको छ। यद्यपि यो मूल्य तिर्नुपर्ने अमेरिकी उपभोक्ताले नै हो।

 

तथ्यले प्रमाणित गर्न सक्छ कि चीनमा लगाइएको अतिरिक्त शूल्कले अमेरिकी उद्योगलाई फाइदा भन्दा बढी हानि पुर्‍याउँछ। विगतका चरणका संरक्षणवादको तुलनामा अमेरिकी घरेलु उत्पादक सबैभन्दा शक्तिशाली विदेशी प्रतिस्पर्धाबाट प्रभावित नहुनसक्छन्।