चीनमा मोबाइल भुक्तानी निकै सुविधाजनक रहेको चीनमा बसोबास गर्ने विदेशीहरुको भनाइ-१
2024-05-20 09:14:19cri
Share with:

हिजोआज मोबाइल भुक्तानी चिनियाँहरुको दैनिक जीवनमा आवश्यक कुरा बनेको छ, यसले चिनियाँहरुको खाने, लाउने, बस्ने, हिँड्ने हरेक क्षेत्र र क्रियामा सुविधा थपेको छ। चिनियाँ तथा विदेशीहरु बीचको आदान-प्रदान बढ्दै आएको सिलसिलामा चीनमा आएका विदेशीहरुले चीनमा पैसा तिर्ने सुविधा पाएका छन् की? उनीहरुले कुन कुन कठिनाई भेटेका छन् र के कसरी सहयोग पाएका छन्? अहिले चीनमा बस्ने विदेशीहरुको अनुभव कस्तो छ?

मार्च २६ तारिख चीन र होन्डुरस बीच दौत्य सम्बन्ध स्थापना भएको पहिलो वार्षिकोत्सव हो। कु खाई सन् होन्डुरसबाट चीन पढ्न आएका पहिलो समूहका विद्यार्थीहरुमध्येका एक हुन्। गत वर्ष चीन आउँदा उनले केही कठिनाई भेटेका थिए।

चीन आएको बेलामा मैले धेरै नगद ल्याइन, किनभने मैले चीनमा नगदबाट तिर्ने बानी हटेको र जताततै मोबाइल भुक्तानी रहेको जानकारी पाएको थिएँ। तर मलाई मोबाइल भुक्तानीको प्रयोग कसरी गर्ने जानेको थिएन साथै भिडियोमा मोबाइल भुक्तानी कसरी गर्ने पनि हेरेको थिइन।

कु खाई सन् जस्तै अंगोलाका विद्यार्थी मा ली पनि चीन आएको बेलामा अभ्यस्त थिएनन्।

सन् २०१८ मा म चीन आएको थिएँ। शुरुमा हामीले रेलको टिकट किन्ने १२३०६, डिडी (ट्याक्सी) र सार्वजनिक यातायात सम्बन्धी एप प्रयोग गर्न सकेनौँ। किनभने उनीहरूले आई डी कार्डको मात्र पहिचान गर्द्थ्यो। मेरो राहदानीलाई पहिचान गर्न सकेको थिएन, त्यसैले हामीले प्रयोग गर्न सकेनौँ।

चीन आएका विदेशीहरुले भेटेका यी भुक्तानी समस्याहरुको क्रमश: समाधान गरिँदै आएको छ। चीनका सम्बन्धित विभागहरु, बैंकिङ संस्थाहरु तथा भुक्तानी प्लेटफर्महरुले अनेकन् प्रभावकारी कदमहरु चालेका छन्।

चिनियाँ जन बैंकले केही दिन अगाडि चीन आएका विदेशीहरुको भुक्तानी संकेत सार्वजनिक गर्दै भुक्तानी गर्ने विविध सेवा पाउने तरिका तथा प्रयोग गर्ने प्रक्रियाबारे जानकारी दिएको छ। चिनियाँ वाणिज्य मन्त्रालयले “चीनमा कार्यरत् तथा जनजीवन बिताइरहेका विदेशीहरुका लागि मार्गनिर्देशिका" २०२४ को संस्करण” सम्पादन गरेको छ, यस मार्गनिर्देशिकामध्ये आबास, बैंक कार्ड तथा मोबाइल भुक्तानी खोल्ने लगायत मामिलाहरु समावेश छन्।