चालु वर्षका अघिल्ला चार महिनामा याङ सी नदी डेल्टा क्षेत्रीय वैदेशिक व्यापारको आयात-निर्यातमा संलग्न कुल रकम ५० खर्ब चिनियाँ युआनभन्दा बढी
2024-05-20 14:45:18cri
Share with:

शाङहाई भन्सार विभागका अनुसार, चालु वर्षका अघिल्ला चार महिनामा याङ सी नदी डेल्टा क्षेत्रीय वैदेशिक व्यापारको आयात-निर्यातमा संलग्न कुल रकम ५० खर्ब ४० अर्ब चिनियाँ युआन पुगेको छ। यसले इतिहासमै नयाँ उचाइ खडा गरेको छ भने गत वर्षको सोही अवधिको तुलनामा ५.६प्रतिशतले वृद्धि भएको छ। याङ सी नदी डेल्टा क्षेत्रीय वैदेशिक व्यापारको आयात-निर्यातमा संलग्न कुल रकमले चीनको आयात-निर्यातको कुल रकमको ३६.५प्रतिशत भाग ओगटेको छ।

चालु वर्षका अघिल्ला चार महिनामा याङ सी नदी डेल्टा क्षेत्रले “बेल्ट एण्ड रोड” को साझा निर्माण मुलुकहरूतर्फ आयात-निर्यात गरेको कुल रकम २२ खर्ब ६० अर्ब चिनियाँ युआन पुगेको छ र गत वर्षको सोही अवधिको तुलनामा ७.६प्रतिशतले वृद्धि भएको छ।

याङ सी नदी डेल्टा क्षेत्रबाट क्षेत्रीय बृहत्तर आर्थिक साझेदार आरसीइपीलगायत अरू सदस्य मुलुकहरूतर्फ आयात-निर्यात गरेको कुल रकम १५ खर्ब ५० अर्ब चिनियाँ युआन पुगेको छ जुन गत वर्षको सोही अवधिको तुलनामा ४.१प्रतिशतले वृद्धि भएको छ।