चीनद्वारा इरानका राष्ट्रपति र विदेशमन्त्रीको दुखद निधनप्रति गहिरो समवेदना
2024-05-20 19:53:55cri
Share with:

स्थानीय समय अनुसार मे २० तारिख चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य एवम् परराष्ट्रमन्त्री वाङ यीले अस्तानामा काजकस्तानका उपप्रधान एवम् विदेशमन्त्री नुर्तरेउका साथ पत्रकारहरूसँग भेटघाट गर्दै इरानी राष्ट्रपति र विदेशमन्त्रीको दुखद निधनप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ।

 

वाङ यीले यसअघिको हेलिकप्टर दुर्घटनामा इरानका राष्ट्रपति लेही र विदेशमन्त्री अब्दुल्लाहियानको दुर्भाग्यवश मृत्यु भएको थाहा पाएपछि चीनले उहाँहरूका आफन्त, इरानी सरकार र जनताप्रति गहिरो समवेदना प्रकट गरेको बताउनुभयो।


राष्ट्रपति लेही र विदेशमन्त्री अब्दुल्लाहियानले चीन-इरान सम्बन्धको विकास र क्षेत्रीय मैत्री सहयोग प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुर्याएका थिए। दुर्घटनापछि चीनले खोज तथा उद्धार कार्यमा सक्रिय सहयोग गरेको छ । ‘हामी इरानलाई आवश्यक सबै सहयोग जारी राख्न तयार छौं। हामी विश्वास गर्छौं कि इरानी सरकार र जनतासँग यो कठिन क्षणमा बाँच्न सक्ने क्षमता छ,’ उहाँले भन्नुभयो।