हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति रायसीको निधनप्रति इरानका प्रथम उपराष्ट्रपतिलाई चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको शोकसन्देश
2024-05-20 16:56:52cri
Share with:

मे २० तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले हेलिकप्टर दुर्घटनामा इस्लामिक गणतन्त्र इरानका राष्ट्रपति सियेद इब्राहिम राइसीको निधनप्रति इरानका प्रथम उपराष्ट्रपति मोहम्मद मुहबेललाई शोक सन्देश पठाउनुभएको छ।

 

सी चिनफिङले चीन सरकार र चिनियाँ जनताको तर्फबाट गहिरो समवेदना व्यक्त गर्नुका साथै प्रथम उपराष्ट्रपति मोहम्मद मुहबेल, राष्ट्रपति राइसीका परिवार र इरान सरकार तथा जनताप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ।

 

सी चिनफिङले राष्ट्रपति राइसीले पद ग्रहण गरेदेखि इरानको सुरक्षा तथा स्थिरताको संरक्षण गर्न, राष्ट्रिय विकास तथा समृद्धिलाई बढाउन महत्वपूर्ण योगदान गर्नुका साथै चीन-इरान व्यापक रणनीतिक साझेदारी सम्बन्धलाई सृदृढ र गहन पार्न सक्रिय प्रयास गरेको स्मरण गर्नुभयो। सी चिनफिङले भन्नुभयो, ‘उहाँको दुर्भाग्यपूर्ण निधन इरानी जनताको लागि ठूलो क्षति हो भने चिनियाँ जनताले एक असल साथी गुमाएका छन्।’

 

चीन सरकार र चिनियाँ जनताले चीन-इरान परम्परागत मित्रताको निकै कदर गर्नुका साथै दुई पक्षको साझा प्रयासमा चीन-इरान व्यापक रणनीतिक साझेदारी सम्बन्धको अरू सुदृढ र विकास हुने विश्वास लिएको पनि सीले बताउनुभयो।