मे २० तारिख थाइवान क्षेत्रका नेताको भाषणबारे चीन सरकारको प्रतिकृया
2024-05-20 17:34:10cri
Share with:

चीनको राज्य परिषदको थाइवान मामिला कार्यालयका प्रवक्ता छन ह्वापिनले २० तारिख थाइवान क्षेत्रका नेताको मे २० तारिखको भाषणमध्ये दुई किनार सम्बन्ध विषयबारे पत्रकारसँग कुराकानी गर्दै वर्तमान थाइवान जलडमरूको अवस्था जटिल रहेको र जसको जरा "थाइवान स्वतन्त्रता" को पृथकतावादी अडानमा लोकतान्त्रिक प्रगतिशील पार्टीको हठका कारण एक चीन नीति प्रतिबिम्बित “सन १९९२ सहमति”लाई अस्वीकार गरी बाह्य शक्तिसँग मिलेर "स्वतन्त्रता" खोज्नेमा आधारित रहेको कुरा दोहोर्याउनुभयो।

 

छन ह्वापिनले मुख्यभूमि र थाइवान एउटै चीनका हुन् भने थाइवान चीनको अविच्छिन्न भूभाग हो भन्दै थाइवान समस्याको समाधान गर्ने र राष्ट्रिय एकीकरण कार्य पूरा गर्ने चाहना चट्टानजस्तै बलियो रहेको  साथै कुनै किसिमको “थाइवान स्वतन्त्रता” पृथकतावादी गतिविधि सैह्य नहुने चेतावनी दिनुभयो।

 

प्रवक्ता छन पिनह्वाले थाइवान टापुभित्रको अवस्था जसरी परिवर्तन भएपनि, सत्तामा जोसुकै रहेपनि थाइवान जलडमरूका दुई किनार एकै चीनका हुन् भन्ने तथ्य किमार्थ परिवर्तन नहुने र मातृभूमि एकीकरणको ऐतिहासिक प्रवृत्तिमा अवरोध नहुने दृढता पनि व्यक्त गर्नुभयो।