चाइना मिडिया ग्रुपको “पैचिङबाट पेरिसतर्फ-चिनियाँ कलाकारहरूको ‌ओलम्पिक यात्रा” नामक कला प्रदर्शनी शाङहाईमा
2024-05-20 09:48:35cri
Share with:

मे १९ तारिख अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्ष थोमस बाखले शाङहाईमा “पैचिङबाट पेरिसतर्फ-चिनियाँ कलाकारहरूको ‌ओलम्पिक यात्रा” नामक कला प्रदर्शनीको उद्घाटन समारोहमा भाग लिनुभएको छ। चाइना मिडिया ग्रुपका महानिर्देशक शन हाईस्युङ पनि उक्त समारोहमा उपस्थिति थियो।

उक्त प्रदर्शनी चाइना मिडिया ग्रुपद्वारा आयोजना गरिएको हो। केही दिनअघि चाइना मिडिया ग्रुप, फ्रान्सेली राष्ट्रिय ओलम्पिक तथा खेलकुद समिति, फ्रान्सेली व्यावसायिक फुटबल लिग, फ्रान्सका अनेकौँ कला संस्थाहरूद्वारा संयुक्त रुपमा आयोजना गरिएको “पैचिङबाट पेरिसतर्फ-चिनियाँ र फ्रान्सेली कलाकारबीचको ओलम्पिक यात्रा”नामक चिनियाँ कला प्रदर्शनी फ्रान्सको  पेरिसमा सफलताका साथ आयोजना गरिएको थियो।

बताएअनुसार  उक्त प्रदर्शनीमा “ओलम्पिकसित भेट” र “कला सँगसँगै हिँड्नु” यी दुई भाग समावेश छन्। चीनका ६२ जना प्रसिद्ध कलाकारहरूका ६८ वटा कलाकृति र शाङहाई खेलकुद सङ्ग्रहालयका ११ वटा खजानाको पनि प्रदर्शन गरिएको छ।