इरानी राष्ट्रपति सइद इब्राहिम राइसीलगायत उच्चस्तरीय अधिकारीहरूको मृत्युप्रति इरानी सरकारद्वारा दुःख तथा समवेदना व्यक्त
2024-05-20 15:15:20cri
Share with:

मे २० तारिख, इरानको सरकारले एक विज्ञप्ति प्रकाशित गर्दै इरानी राष्ट्रपति सइद इब्राहिम राइसीलगायत उच्चस्तरीय अधिकारीहरूले चढेको हेलिकोप्टर दुर्घटनामा परेको जनाएको छ।

इरानी सरकारको मन्त्रीमण्डलले इरानी राष्ट्रपति सइद इब्राहिम राइसी, परराष्ट्र मन्त्री होस्सेइन अमिर अब्दोल्लाहियान लगायतका अरू अधिकारीहरू सवार सो हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएको जनाउँदै दुःख तथा समवेदना व्यक्त गरेको छ।

सो विज्ञप्तिमा“हामी हाम्रा देश र जनतालाई विश्वास दिलाउँछौँ कि राष्ट्रपति राइसीले कायम राख्नुभएको बाटोमा निरन्तरताका साथ अघि बढ्नेछौँ, देशको शासन प्रणालीमा खलल पर्ने छैन”उल्लेख गरिएको छ।