प्यालेष्टाइन विषयमा अरब मुलुकबीच एकता बढाउन चीनको समर्थन
2024-05-21 16:56:48cri
Share with:

मे २१ तारिख आयोजित चीनको परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा पत्रकारको प्रश्न थियो कि यसअघि बहराइनमा सम्पन्न भएको ३३औँ अरब लीग शिखर परिषद् बैठकमा प्यालेष्टाइन-इजरेल समस्यामा फोकस भएर “बहराइन घोषणा पत्र” तथा सम्बद्ध वक्तव्य पारित भएको थियो। प्यालेष्टाइन विषयमा अरब मुलुकबीचको एकीकृत स्थितिमा जोड दिनुका साथै अरब मुलुकमा चीनको समर्थन विशेष गरी प्यालेष्टाइन विषयमा चीनको अडानलाई प्रशंसा गरिएको थियो त्यसबारे चीनको के कस्तो टिप्पणी छ?

 

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिनले प्यालेष्टाइन विषयमा अरब मुलुकले एकतालाई बढाएर अरू भूमिका निर्वाह गर्न चीनले समर्थन गरेको भन्दै अरब मुलुकसँग मिलेर समन्वय र सहयोगलाई बढाई वर्तमान प्यालेष्टाइन-इजरेल तनावपूर्ण स्थितिलाई शीतल पार्न र प्यालेष्टाइन विषयलाई ”दुई मुलुक समाधान”को सही बाटोमा ल्याउन योगदान गर्ने इच्छा लिएको व्यक्त गर्नुभयो।