थाइवान मामिलामा राजनीतिक हेरफेरको चेष्टा नगर्न सम्बद्ध मुलुक र राजनीतिकज्ञलाई चीनको चेतावनी
2024-05-21 18:18:49cri
Share with:

मे २१ तारिख आयोजित परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा चीनसँग दौत्य सम्बन्ध स्थापना भएका मुलुकका केही सांसद, पूर्व-राजनीतिज्ञले लाइ छिङदको “सपथग्रहण समारोह”मा उपस्थिति जनाएको र शुभकामना ज्ञापन गरेको विषयमा पत्रकारहरूले जिज्ञासा राखेका छन्।

 

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिनले कूटनीतिक सम्बन्ध स्थापित मुलुकले चीनको थाइवान क्षेत्रसँग कुनै किसिमको आधिकारिक आवत-जावत गर्न चीनले कडा विरोध गरेको बताउनुभयो। यो अडान निरन्तर र स्पष्ट रहेको भन्दै उहाँले केही मुलुक र राजनीतिज्ञको गलत गतिविधि र भनाइ एक चीन नीति र अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत नियम विपरीत रहेको पनि उहाँले ठहर गर्नुभएको छ।

 

प्रवक्ता वाङले चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरी चीनको सार्वभौमिकता, भौगोलिक अक्षुण्णता, थाइवान जलडमरूको शान्ति तथा स्थिरतालाई हानी पुर्याउने गतिविधिको चीनले कडा निन्दा गर्ने पनि उल्लेख गर्नुभयो।