सन् २०२२ देखि सन् २०२३ सम्म सिन्च्याङको आयात र निर्यातको कुल रकममा क्रमशः ५७ प्रतिशत र ४५.९ प्रतिशतले वृद्धि
2024-05-21 14:53:49cri
Share with:

मे २१ तारिख चीनको राज्य परिषदको प्रेस कार्यालयले “उच्च गुणस्तरीय विकासको प्रवर्द्धन”श्रृँखलाबद्ध पत्रकार सम्मेलनको आयोजना गरेको छ। सिन्च्याङ युगुर स्वायत्त प्रदेशका अध्यक्ष एअरखन थुनियाचले हालैका वर्षहरूमा सिन्च्याङले “बेल्ट एण्ड रोड”को साझा निर्माणका मुलुकहरू खास गरी मध्य एशियाका पाँच मुलुकसँग पारस्परिक भ्रमण र व्यावहारिक सहयोग गर्दैआएको तथा सिन्च्याङलाई सहयोग गर्दैआएका प्रान्त तथा शहरहरू र वरिपरिका प्रान्तसँग आदान-प्रदान र सहयोग बढ्दैगएको बताउनुभएको छ।

हालैका दुई वर्षमा सिन्च्याङको आयात र निर्यातमा संलग्न कुल रकम क्रमशः ५७ प्रतिशत र ४५.९ प्रतिशतले वृद्धि भएका छन्। सिन्च्याङबाट सिमानापार हुने चिनियाँ रेल एक्सप्रेसको सँख्याले चीनको ६० प्रतिशत भाग ओगटेको छ। सिन्च्याङको खुला ढोका फराकिलो हुँदैगएको छ।

सिन्च्याङ युगुर स्वायत्त प्रदेशका उपाध्यक्ष छन वैच्युनले सिन्च्याङ चीनको पश्चिमतर्फ खुला हुने महत्वपूर्ण ढोका बनिसकेको बताउनुभयो।

सन् २०२३ मा सिन्च्याङको आयात निर्यातको कुल रकम ३ खर्ब ५७ अर्ब ३० करोड चिनियाँ युआन पुगेको छ। सन् २०२४ मा  सिन्च्याङको आयात निर्यात को कुल रकम ४ खर्ब चिनियाँ युआन पुग्ने अनुमान गरिएको छ।