चाइना मिडिया ग्रुपद्वारा पाकिस्तानी राष्ट्रपतिसँग अन्तर्वार्ता
2024-05-21 15:42:41cri
Share with:

हालै पाकिस्तानी राष्ट्रपति असिफ अलि जर्दारीले चाइना मिडिया ग्रुपलाई विशेष अन्तर्वार्ता दिनुभएको छ। जर्दारीले पाकिस्तानी राष्ट्रपतिमा निर्वाचित हुनुभएपछि चिनियाँ सञ्चार-माध्यमलाई अन्तर्वार्ता दिनुभएको यो पहिलोपटक हो। 

अन्तर्वार्ता लिएको मिति मे २१ तारिख  चीन र पाकिस्तान बीच दौत्य सम्बन्ध स्थापनाको ७३औँ वार्षिकोत्सव हो। जर्दारीले पाकिस्तान र चीन यी दुबै मुलुकका पुराना पुस्ताका नेताहरूको गहिरो मित्रताको सिँहावलोकन गर्नुभयो। उहाँले अन्तर्राष्ट्रिय परिस्थितिमा जस्तोसुकै परिवर्तन आए तापनि पाकिस्तान र चीनको सम्बन्ध सधैँ नै दृढ रहँदैआएको र दुई मुलुकले केन्द्रीय हित तथा ठूला समस्यामा एक अर्कालाई समर्थन दिँदै विभिन्न जोखिम र चुनौतीको सामना गर्दैआएको बताउनुभयो।

जर्दारीले मानव भाग्य समुदायको सिर्जना, “बेल्ट एण्ड रोड” प्रस्तावको साझा निर्माण, तीनवटा विश्व प्रस्तावले मानव सभ्यता र प्रगतिका लागि ठूलो योगदान दिएको पनि बताउनुभयो।