चाडका नव नियुक्त राष्ट्रपतिलाई चिनियाँ राष्ट्राध्यक्षको बधाई सन्देश
2024-05-21 18:13:29cri
Share with:

मे २० तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले मोहम्मद इद्रिस डेबी इटनोलाई चाडको राष्ट्रपतिमा नियुक्त हुनुभएकोमा बधाई सन्देश पठाउनुभएको छ।

राष्ट्राध्यक्ष सीका अनुसार हाल केही वर्षयता चीन र चाडबीचको सम्बन्ध राम्रो विकास प्रवृत्ति कायम राख्दै राजनीतिक पारस्परिक विश्वास गहन पारिँदै आइएको छ। विभिन्न क्षेत्रबीच सहयोग पनि स्थिर रुपमा बढ्दै र अन्तर्राष्ट्रिय सहायता अझ घनिष्ट बन्दै गएको देखिन्छ।

चीन र चाडबीचको सम्बन्धको विकासमा जोड दिँदै राष्ट्रपति मोहम्मदसँग आपसी समर्थनलाई मजबुत बनाउने र दुवै राष्ट्रका जनताका लागि अझ लाभ सिर्जना गर्ने इच्छा पनि  राष्ट्राध्यक्ष सीले प्रकट गर्नुभएको छ।