गोर्डाना सिल्जानोभस्का डाफ्कोभालाई सी चिनफिङको बधाई
2024-05-21 10:35:19CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले गोर्डाना सिल्जानोभस्का डाफ्कोभालाई उत्तरी मास्टोनियाका राष्ट्रपतिमा नियुक्त हुनुभएकोमा टेलिफोनमार्फत बधाई सन्देश दिनुभएको छ।

राष्ट्राध्यक्ष सीले चीन र उत्तरी मास्टोनियाबीचको परम्परागत मित्रता गहन रहेको विचार व्यक्त गर्दै हालैका वर्षहरूमा दुई देशबीचको व्यावहारिक सहकार्यलाई निरन्तरताका साथ अघि बढाउँदै लगेको र जनताका लागि फलदायक नतिजा प्राप्त गरिरहेका सन्देशमा उल्लेख गर्नु भएको छ। चीन-उत्तरी मास्टोनियाबीचको सम्बन्ध विकासका लागि आफूले उच्चस्तरीय ध्यान दिँदै आएको उल्लेख गर्दै राष्ट्राध्यक्ष सीले दुई देशबीचको मैत्रीपूर्ण सहयोग सम्बन्धलाई नयाँ उचाइमा पुर्याउनका लागि राष्ट्रपतिसँग प्रयास गर्न र राजनीतिक पारस्परिक विशवास गहिरो बनाएर आदानप्रदान र सहकार्यलाई विस्तृत गर्न इच्छुक रहेको पनि थप्नुभएको छ।