बेइजिङमा सेल्स मिसन कार्यक्रम
2024-05-21 16:53:38CRI
Share with:

बेइजिङस्थित चीनकालागि नेपाली दूतावासमा नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशले नेपाल पर्यटन बोर्ड र नेपाली राजदूतावासको समन्वयमा मे २० तारिख, ‘नेपाल सेल्स मिसन २०२४’कार्यक्रमको आयोजना गरेको छ।

चीन नेपालकालागि प्रमुख पर्यटन बजारका रुपमा रहेको छ। तथ्याङ्क अनुसार, यस वर्षको अप्रिलसम्ममा ९,७५० चिनियाँ पर्यटक नेपाल भित्रिएका छन्। कोरोना महामारीअघि सन् २०१९ मा १ लाख ६९ हजार ५४३ चिनियाँ पर्यटक नेपाल आएका थिए। जुन अहिलेसम्म कै रिकर्ड हो। साथै, नेपाल सरकारले २०७२ सालमा चिनियाँ नागरिकलाई भिसा नि:शुल्कको निर्णय गरेको थियो।

Video by #AjayaAloukik

www.facebook.com/AjayaAloukik/