सी चिनफिङद्वारा भियतनामका नवनियुक्त राष्ट्राध्यक्षलाई बधाइ सन्देश
2024-05-22 17:53:11cri
Share with:

मे २२ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले टो लामलाई सन्देश पठाएर भियतनामको राष्ट्राध्यक्षमा नियुक्त हुनुभएकोमा बधाइ ज्ञापन गर्नुभएको छ।

 

सी चिनफिङले चीन-भियतनाम पर्वत र जल जोडिएको समाजवादी असल छिमेकी मुलुक भएको भन्दै गत वर्ष आफूले भियतनामको राजकीय भ्रमण गर्दा महासचिव न्गुयेन फु ट्रोङसँग रणनीतिक अर्थयुक्त चीन-भियतनाम भाग्य समुदायको रचना गर्न संयुक्त रूपमा घोषणा गरी चीन-भियतनाम दुवै पार्टी र दुवै देश सम्बन्धको नयाँ पृष्ठ खोलेको उल्लेख गर्नुभयो।

 

‘आफूलाई निकै खुशी के कुरामा लाग्छ भने दुई देशका विभिन्न विभागले चीन-भियतनाम भाग्य समुदाय निर्माण गर्न अघि बढिरहेका छन् र सक्रिय प्रगति हासिल गरिएको छ,’ सीले भन्नुभयो।

 

आफूले चीन-भियतनाम सम्बन्धको विकासमा उच्च ध्यान दिनुका साथै अध्यक्षसँग प्रयास गरी चीन-भियतनाम भाग्य समुदायको रचनालाई बढाएर दुई देशका जनतालाई अरू फाइदा पुर्याउने इच्छा लिएको सी चिनफिङले व्यक्त गर्नुभयो।