वाङ यी र इरानी उपविदेश मन्त्री सफारीबीच भेटघाट
2024-05-22 16:27:11cri
Share with:

मे २१ तारिख चीनका परराष्ट्र मन्त्री वाङ यीले अस्टानामा इरानको तर्फबाट शाङहाई सहयोग सँगठनको विदेश मन्त्रीहरूको सम्मेलनमा सहभागी हुनुभएका इरानी उप विदेश मन्त्री माहदी सफारीसँग भेटघाट गर्नुभएको छ।

वाङ यीले इरानी राष्ट्रपति सइद इब्राहिम राइसी र विदेश मन्त्री होस्सेइन अमिर अब्दोल्लाहियानको हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएकोमा श्रद्धान्जली तथा समवेदना व्यक्त गर्नुभयो। वाङ यीले राष्ट्राध्यक्ष सी चिनफिङले इरानी नेतालाई शोक सन्देश पठाउनुभएको उल्लेख गर्दै यो अप्ठ्यारो समयमा चीन इरानी मित्रसँग उभिएको बताउनुभयो। साथै उहाँले चीनले चीन र इरानको रणनीतिक सहयोगलाई सधैँ नै बढाउने, दुई पक्षको साझा हितको सँरक्षण गर्ने, क्षेत्रीय तथा विश्वको शान्तिकालागि निरन्तर रुपमा प्रयास गर्ने पनि बताउनुभयो।

प्रत्युत्तरमा सफारीले राष्ट्राध्यक्ष सी चिनफिङ र परराष्ट्र मन्त्री वाङ यीले राष्ट्रपति सइद इब्राहिम राइसी र विदेश मन्त्री होस्सेइन अमिर अब्दोल्लाहियानको दुःखद मृत्युलगत्तै समवेदना व्यक्त गर्नुभएकोमा कृतज्ञता ज्ञापन गर्नुभयो। उहाँले चीनले इरानलाई समर्थन दिएकोमा धन्यवाद पनि व्यक्त गर्नुभयो।