《सेतो सर्पको कथा》-1
2024-05-22 09:13:43cri
Share with:

हजारौं हजार वर्षअघि आउ मै पहाडमा दुइवटा एक हजार वर्षभन्दा जेठा सर्प थिए। तिनीहरुको रंग एउटाको सेतो र अर्काको हरियो थियो। सेतो सर्पको नाउँ पाइ शु-चन र हरियो सर्पको नाउँ सिआउ छिन् थियो। एक दिन तिनीहरु सर्पको स्वरुप बदलेर दुइवटी एकदमै सुन्दरी-केटीको रुपमा हान चाउ शहरको प्रसिद्ध रमणीय क्षेत्र सि हु भन्ने स्थानमा खेल्न गए।

तिनीहरु सि हुमा पर्ने दुआन छिआ, अर्थात् एउटा भत्किएको पुलको छेउमा आइपुग्दा पानी पर्‍यो। तिनीहरु एउटा रुखमुनि बसिरहेको बेला एकजना सिउ सिएन नामको लोग्ने मानिस आइपुग्यो। उसको हातमा एउटा छाता थियो। त्यो मानिस आफ्ना बा-आमाको समाधिबाट फर्केको थियो। सिउ सिएनले आफ्नो छाता ती दुइवटी केटीलाई दियो र एउटा डुंगा बोलाएर तिनीहरुलाई घरमा पुर्‍याइदियो। त्यस मानिसको त्यस्तो व्यवहार देखेर सेतो सर्प पाइ शु-चनलाई त्यो मानिस सिउ सिएन मन पर्‍यो। पै शु चनले सिउ सिएनलाई छाता लिनका लागि भोलि आफ्नो घर आउन भनिन।
दोस्रो दिन सिउ सिएन पै शु चनको घरमा आएपछि पै शु चनले उनलाई धन्यवाद दिनुका साथै सिउ सिएनको परीवारको अवस्था बारे पनि सोधिन। सिउ सिएनका बा-आमा उनि सानै हुँदा मरेका थिए। हाल उ आफ्नी दिदीको घरमा बस्छ र हाल एउटा ओखती पसलमा काम गर्छ। सिउ सिएनसँग विवाह गर्नु पाइ शु चन इच्छुक थियो। यसबाट सिउ सिएन पनि खुशी भए। सिआउ छिनको अग्रसरतामा तिनीहरुको विवाह भयो। विवाहपछि तिनीहरु आफैले एउटा ओखती पसल खोले। पाइ शु चन दिन-दिनै धेरै बिरामीको उपचार गर्थिन। यसैले स्थानीय मानिसहरुले तिनीलाई निकै मन पराए र पाइ शु चनलाई रानी पाइ भन्नथाले।

चन् च्याङ्ग भन्ने स्थानमा एउटा चिङ्ग शान मन्दिर छ। मन्दिरमा एकजना फा हाई नामका भिक्षु थिए। उनलाई रानी पाइ एउटा हजार वर्षीय सर्प-राक्षस भएको कुरा थाहा भयो। उसको विचारमा राक्षसले अवश्य मानिसलाई मार्न खोज्छ। यसैले उसले सिउ सिएनलाई रानी पाइलाई छोड्ने सल्लाह दियो।

एक दिन भिक्षु फाइ सिउ सिएनको घरमा आएर सिउ सिएनलाई रानी पाइ मान्छे होइन, सर्प नै हो भन्ने कुरा सुनायो। तर सिउ सिएनलाई विश्वास लागेन। यसैले फा हाईले सिउ सिएनलाई यो कुरा भन्यो: चिनियाँ पात्रो अनुसार पाचौं महिनाको पाचौं दिनमा रानी पाइलाई खनिज पदार्थ रातो हरिताल हालेको रक्सी खुवाउनु पर्छ। त्यसपछि रानी पाइ सर्पमा परिणत हुनेछ अर्थात त्यसको वास्तविक रुप देखिने छ।
पाचौं महिनाको पाचौं दिन आयो। त्यति बेला हरेक परीवारमा मानिसहरुले रातो हरिताल हालेको रक्सी खाने चलन छ। पाइ शु चन र सिआउ छिङ्ग यी दुइवटा सर्प यस रक्सीदेखि डराउँछन। त्यसै कारण तिनीहरुले आफूहरु बिरामी भएको कुरा सिउ सिएनलाई सुनाए।