सी चिनफिङद्वारा चौधौँ चीन-अमेरिका पर्यटन शिखर वार्ताको उद्घाटन समारोहलाई बधाई सन्देश
2024-05-22 16:30:18cri
Share with:

मे २२ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले चौधौँ चीन-अमेरिका पर्यटन शिखर वार्ताको उद्घाटन समारोहलाई बधाई सन्देश पठाउनुभएको छ।

राष्ट्राध्यक्ष सीले चालु वर्ष चीन र अमेरिका बीच दौत्य सम्बन्ध स्थापना भएको ४५औँ वार्षिकोत्सव भएको उल्लेख गर्दै चीन र अमेरिकाको सम्बन्धको मूल जनतामा रहेको तथा चीन र अमेरिकाको ढोका जनताद्वारा खोलिने, चीन र अमेरिकाको कथा जनताद्वारा लेखिने, चीन र अमेरिकाको भविष्य दुई मुलुकका जनताद्वारा सँयुक्त रुपमा सिर्जना गरिने बताउनुभयो।

राष्ट्राध्यक्ष सीले पर्यटन नै चीन र अमेरिकाका जनताहरू बीच आवत-जावत र आदान-प्रदानको महत्वपूर्ण पुल भएको भन्दै चीनले अमेरिकी पर्यटकहरूलाई चीन भ्रमण गर्न, चिनियाँसँग मित्रता गाँस्न, चिनियाँ संस्कृतिको अनुभव गर्न, सुन्दर पहाड र नदीको अवलोकन गर्न र साँच्चैको चीनको अनुभव गर्न स्वागत गरेको कुरामा जोड दिनुभयो। दुई मुलुकका विभिन्न क्षेत्रले यस पटकको शिखर वार्तालाई मौकाको रुपमा लिएर आदान-प्रदानलाई सबल पार्ने तथा सक्रियताका साथ कार्यान्वयन गर्ने आशा राष्ट्राध्यक्ष सीले व्यक्त गर्नुभयो।

चौधौँ चीन-अमेरिका पर्यटन शिखर वार्ता मे २२ तारिख पल्लो शान सी प्रान्तीय सीआन शहरमा शुरू भएको छ।