सी चिनफिङका विशेष प्रतिनिधि चाङ कोछिङ इरानका स्वर्गीय राष्ट्रपति राइसीको श्रद्धाञ्जली समारोहमा उपस्थित
2024-05-23 14:24:35cri
Share with:

मे २२ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङका विशेष प्रतिनिधि, चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य एवम् उप प्रधानमन्त्री चाङ कोछिङले तेहरानमा आयोजित इरानका स्वर्गीय राष्ट्रपति राइसीको श्रद्धाञ्जली समारोहमा भाग लिनुका साथै इरानी कार्यवाहक राष्ट्रपति मोहम्मद मोखबेरसँग  भेट गर्नुभएको छ।

चाङ कोछिङले राष्ट्राध्यक्ष सी चिनफिङका तर्फबाट राष्ट्रपति राइसीको मृत्युप्रति श्रद्धाञ्जली व्यक्त गर्नुका साथै इरान सरकार र जनता र राष्ट्रपति राइसीका आफन्तहरूलाई हार्दिक समवेदना व्यक्त गर्नुभयो। उहाँले यो अप्ठ्यारो समयमा चिनियाँ जनता इरानी जनतासँग उभिएको व्यक्त गर्नुका साथै इरान अस्थायी कठिनाइबाट पार हुने र देशको विभिन्न कार्यलाई निरन्तर रुपमा अगाडि बढाउनसक्ने विश्वास व्यक्त गर्नुभयो।

मोखबेरले इरानले चीनसितको सम्बन्धको निरन्तर रुपमा विकास गर्ने, चीनसँग विभिन्न क्षेत्रको सहयोगलाई सबल पार्ने तथा इरान र चीनको चौतर्फी रणनीतिक साझेदारी सम्बन्धलाई नयाँ भर्याङमा चढाउने आशा लिएको बताउनुभयो।