विश्वको दोस्रो ठूलो आर्थिक समूहको उपभोग्य पुनरुत्थान
2024-05-23 08:56:01cri
Share with:

हालै अन्तर्राष्ट्रिय व्यवस्थापन परामर्श कम्पनी कर्नीले सार्वजनिक गरेको विश्वव्यापी विदेशी व्यवसायको प्रत्यक्ष लगानी विश्वास सूचिका अनुसार, चीन गत वर्षको सातौँ स्थानबाट उठेर चालु वर्ष तेस्रो स्थानमा पुगेको छ र नवोदित बजारमा पहिलो स्थानमा रहेको छ। मे १७ तारिख चीन सरकारले सार्वजनिक गरेको गत अप्रिल महिनाको आर्थिक स्थितिबाट बाह्य क्षेत्रको उक्त अनुमान प्रमाणित गरिएको हो।

तोकिएको आकारभन्दा माथिका राष्ट्रिय उद्योगहरुको थपिएको मूल्य गत वर्षको सोही अवधिको तुलनामा ६.७प्रतिशतले बढेको छ। उद्यम उत्पादन तथा सञ्चालन गतिविधिहरुको अपेक्षित सूचकांक निरन्तर उच्च दायरामा भैरहेको छ। सेवा व्यवसायको वाणिज्य गतिविधि सूचकांक लगातार चार महिनामा समृद्धिको दायरामा रहेको छ। श्रृंखलावद्ध तथ्याङ्कले एक बढ्दो चक्र बनाएको छ जसबाट स्थिर सञ्चालनमा रहेको चीनको अर्थतन्त्रले राम्रोतर्फ विकसित भैरहेको प्रवृत्ति कायम राख्दै र सकारात्मक कारकतत्व बढ्दै गएको प्रतिबिम्ब्ति भएको छ।  व्यवसायका लागि बजारको लाभको भावार्थ रहेको छ। चीन यस्तो विशाल बजार कसरी चलिरहेको छ? अघिल्ला चार महिनामा सामाजिक उपभोग्य बस्तुको कूल खुद्रा बिक्री गत वर्षको सोही अवधिको तुलनामा ४.१प्रतिशतले बढेको छ। टिजिटल उपभोग्य,साँस्कृतिक पर्यटकीय उपभोग्य आदि चर्चित विन्दूहरुले उपभोग्य बजारको पुनरुत्थानका लागि नयाँ प्रवर्द्धन शक्ति सिर्जना गरेको छ। साथै वास्तविक उत्पादन बस्तुको अनलाइन खुद्रा बिक्री गत वर्षको सोही अवधिको तुलनामा ११.१प्रतिशतले बढेको छ जसबाट ग्लोबल दोस्रो ठूलो अनलाइन खुद्रा बजारको शक्तिशाली प्रवृत्ति देखाएको छ। गत अप्रिलको छिङ मिङ महोत्सवमा स्वदेशी पर्यटकको संख्या र स्वदेशी पर्यटकको पर्यटन खर्च सन्२०१९को सोही अवधिको तुलनामा ११.५प्रतिशत र १२.७प्रतिशतले बढेको छ। ब्लूमबर्गले जनाएअनुसार यो नयाँ कोरोना भाइरस गएदेखि यता चिनियाँ पर्यटकको ‍औसत प्रतिव्यक्तिको विदा दिवस यात्रा खर्च पहिलो पटक सन्२०१९कोभन्दा बढी छ। जसबाट विश्वको दोस्रो ठूलो आर्थिक समूहको उपभोग्य पुनरुत्थान भैरहेको प्रमाणित भएको छ।

केही दिन अगाडि तेस्रो विश्व व्यापार लगानी प्रबर्द्धन सम्मेलन पैचिङमा आयोजना गरिएको थियो। चीनका लागि विदेशका १८ वटा वाणिज्य संघले सो सम्मेलनमा सहभागी प्रतिनिधि पठाएका थिए। जसबाट चीन यथावत रुपमा विश्वको लगानी भित्र्याउने लोकप्रिय ठाउँ भएको देखिन्छ। हिजोआज बाह्य वातावरण अरु जटिल, गम्भिर तथा अस्थिर रहेको छ। चीनको आर्थिक विकासमा पनि केही कठिनाइ देखा परेका छन्। तैपनि समष्टिगत नीति प्रभावकारी रुपमा अपनाइएको सिलसिलामा चीनको आर्थिक स्थिति निरन्तर रुपमा पुन:उत्थान हुनेछ। धेरै विदेशी व्यवसायीहरुले भने झैँ, स्थिरताका साथ अघि बढ्ने चीनमा रहेका विदेशी व्यवसायहरुको विकासका लागि चीनले “बलियो आधार” प्रदान गर्नेछ।