चाइना मिडिया ग्रुपद्वारा आयोजित “चीनको एआई समारोह २०२४” सुरु
2024-05-23 10:06:18CRI
Share with:

मे २२ तारिख, चीनको सीएमजी, चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको सञ्जाल सुरक्षा प्रशासन कार्यालय र क्वाङतोङ प्रान्तीय सरकारले संयुक्त रूपमा आयोजना गरेको “चीनको एआई समारोह २०२४” क्वाङतोङ प्रान्तको शनचन शहरमा सुरु भएको छ।

सो अवसरमा, “सीएमजीको कृत्रिम बुद्धिमत्ताको विकासबारेको श्वेत पत्र” प्रकाशित भएको छ। कृत्रिम बुद्धिमत्ताको स्वस्थ्य र निरन्तर विकासका लागि निर्देशक ढाँचा र कार्यान्वयनको दिशा दिनु सीएमजीको उद्देश्य हो।

उद्घाटन समारोहमा विभिन्न क्षेत्रहरूका एआईका नयाँ नतिजाहरू समटिएका छन्। सँस्कृतिको उत्तराधिकार र विकास गर्ने, नयाँ डिजिटल मान्छे बनाउने, शहरको सँस्कृतिको शक्ति थप्ने लगायतका क्षेत्रहरूमा नयाँ गुणस्तरीय उत्पादित शक्तिको विकासमा कृत्रिम बुद्धिमत्ता महत्वपूर्ण हुँदै गएको छ।