लाइ छिङ त पक्कै पनि इतिहासको लज्जास्पद स्तम्भमा टाँगिने
2024-05-23 16:06:41cri
Share with:

मे २३ देखि २४ तारिखसम्म चिनियाँ जनमुक्ति सेनाको पूर्वी थिएटर कमाण्डले थाइवान टापुको वरिपरि "संयुक्त तरवार-२०२४ ए" अभ्यास गर्न भूमिगत सेना, नौसेना, वायुसेना, रकेट फोर्स लगायक शक्तिलाई संयुक्त समुद्र र केन्द्रमा केन्द्रित गरेको थियो। यो चीनले राष्ट्रिय सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षा गर्ने उचित कदम हो साथै "थाइवान स्वतन्त्रता" पृथकतावादी शक्तिहरूको लागि एक शक्तिशाली सजाय र  बाह्य शक्तिहरुद्वारा हस्तक्षेप र उत्तेजनात्मक गतिविधिविरूद्ध चेतावनी हो।

 

एक "थाइवान स्वतन्त्रताको व्यावहारिक कार्यकर्ता" को रूपमा थाइवान क्षेत्रका नेता लाइ छिङ तको "मे २०" भाषणले एक चीनको सिद्धान्तलाई गम्भीर र उत्तेजित गरिएको तथा थाइवान जलडमरूको शान्ति र स्थिरतालाई गम्भीर क्षति पुर्याएको छ। जुनसुकै कोणबाट हेरे पनि मुख्य भूमि चीनको प्रतिकार्य उपाय वैध, कानुनी र आवश्यक छ।

 

थाइवान चीनको मुख्य चासोको केन्द्रबिन्दु हो। शान्ति, विकास, आदानप्रदान र सहयोगको आवश्यकता थाइवान जलडमरूका दुवै छेउका देशबासीहरूको साझा आकांक्षा हो। राष्ट्रिय सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षा गर्न थाइवान जलडमरूका दुबै छेउका देशबासीहरूको दृढ संकल्प, दृढ इच्छा र बलियो क्षमतालाई कसैले पनि कम आँक्नु हुँदैन!