जनमुक्ति सेनाद्वारा थाइवान टापु वरिपरि सैन्य अभ्यास
2024-05-23 18:18:04cri
Share with:

मे २३ तारिख ७ बजेर ४५ मिनेटदेखि चिनियाँ जनमुक्ति सेनाको पूर्वी युद्ध क्षेत्रले थाइवान जलडमरू, थाइवान टापुको पूर्वी क्षेत्र, दक्षिणी क्षेत्र, पूर्वी क्षेत्र तथा चिनमन टापु, माचु टापु, उछ्यु टापु, तुङयिन टापु वरिपरि संयुक्त सैन्य अभ्यास गरेको छ।

 

पूर्वी युद्ध क्षेत्रका प्रवक्ता एवम नौसेना कर्णेल ली सीहाइका अनुसार, मे २३ देखि २४ तारिखसम्म चिनियाँ जनमुक्ति सेनाको पूर्वी युद्ध क्षेत्रले स्थलसेना, नौसेना, वायुसेना, रकेटसेनालगायत सेनाको गठन गरी थाइवान टापु वरिपरि “संयुक्त तरवार-२०२४ ए” अभ्यास गरेको हो। यो "थाइवान स्वतन्त्रता" खोज्ने पृथकतावादी शक्तिहरूका लागि कडा सजाय र बाह्य शक्तिहरूद्वारा हस्तक्षेप र उत्तेजना विरुद्धको गम्भीर चेतावनी पनि हो।