सी जिनपिङद्वारा डोमिनिकनका राष्ट्रपतिमा पुन: निर्वाचित भएकोमा अबिनादेललाई बधाई
2024-05-24 18:13:53cri
Share with:

मे २२ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले लुइस अबिनादेललाई बधाइ सन्देश पठाएर डोमिनिकनका राष्ट्रपतिमा पुन: निर्वाचित भएकोमा शुभकामना ज्ञापन गर्नुभएको छ।

 

सी चिनफिङले हाल चीन-डोमिनिकन सम्बन्धले सक्रिय विकास प्रवृत्ति कायम गर्नुका साथै दुई पक्षबीचको राजनीतिक आपसी विश्वास अझ गहन हुँदै व्यवहारिक सहयोग उपलब्धि प्रचूर भएको र अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मामिलामा आपसी घनिष्ठ सहयोग रहेको उल्लेख गर्नुभयो। एक चीन नीतिमा अडिग रहने राष्ट्रपति अबिनादेलको भनाइको प्रशंसा गर्दै सीले डोमिनिक राष्ट्रपतिसँग मिलेर आपसी सम्बन्धलाई नयाँ उचाइमा उकास्न र दुई देशका जनतामाझ अरू बढी सहयोग उपलब्धि हासिल गर्न इच्छुक रहेको बताउनुभयो।