पूर्वी युद्ध क्षेत्रको सैन्य अभ्यास "थाइवान स्वतन्त्रता" को अहंकारविरुद्धको लडाइँ: चीनको रक्षामन्त्रालय
2024-05-24 16:18:40cri
Share with:

चीनको रक्षामन्त्रालयका प्रवक्ता ऊ छ्येनले हालै चिनियाँ जन मुक्ति सेनाको पूर्वी युद्ध क्षेत्रले स्थलसेना, नौसेना, वायुसेना रकेट सेना लगायत सेनाको गठन गरी थाइवान टापु वरिपरि संयुक्त अभ्यास गरेर सेनाको वास्तविक संयुक्त लडाई क्षमता परीक्षण गरेको भन्दै यो अपरेसनले "थाइवान स्वतन्त्रता" को अहंकारविरुद्ध बाह्य क्षेत्रको हस्तक्षेपलाई चेतावनी दिएको हो जुन पूर्ण उचित, कानूनी, वैध र आवश्यक छ भन्ने कुरा व्यक्त गर्नुभएको छ।

 

२४ तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा पत्रकारको प्रश्न गरे कि हाल पूर्वी युद्ध क्षेत्रले थाइवान टापु वरिपरि संयुक्त अभ्यास गरेको छ, त्यसबाट थाइवान जलडमरूको तनावपूर्ण अवस्थालाई बढाउन सक्ने र चिन्ताजनक भएको उल्लेख गरेका छन् त्यसबारे चीनको केकस्तो प्रतिकृया छ?

 

चीनको रक्षा मन्त्रालयका प्रवक्ता ऊ छ्येनले त्यसको उत्तर दिँदै उक्त कुरा बताउनुभएको हो। उहाँले थाइवान क्षेत्रका नेताले नियुक्त हुनेवित्तिकै एक चीन नीतिलाई गम्भीर चुनौती दिएर “दुई देश सिद्धान्त” प्रचार गरी “सशस्त्र वा विदेशको आडमा स्वतन्त्रता” खोजेको छ जुन आगोसँग खेलेकोले त्यसले पक्कै आफूमाथि नै आगो लगाउने औँल्याउनुभयो। एक पटक "थाइवान स्वतन्त्रता"उत्तेजित गरेमा मातृभूमिको पूर्ण एकीकरण नभएसम्म प्रतिरोधी उपाय अगाडि बढाइने उहाँले व्यक्त गर्नुभयो।