बहुमुलुकका सरकारहरूद्वारा एक चीन सिद्धान्तको अक्षरशःपालना गरेको कुरा पुनःपुष्टि
2024-05-24 10:19:46cri
Share with:

विश्वका विभिन्न मुलुकका सरकारहरू तथा राजनीतिज्ञहरूले हालै एक चीन सिद्धान्तको अक्षरशःपालना गरेका कुरा दोहोर्याएका छन्। थाइवान चीनको अबिच्छिन्न भाग भएको अडान लिँदै कुनै पनि तरीकाको “थाइवान स्वतन्त्रता” को पृथक्कारी तत्व तथा बाह्य शक्तिको चीनको आन्तरिक मामिलामाथिको हस्तक्षेप कर्तुतको विरोध गरेका छन्।

रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले  रुसले एक चीन सिद्धान्तको अक्षरशःपालना गरेको कुरा दोहोर्याउनुभएको छ। थाइवान जन गणतन्त्र चीनको अबिच्छिन्न भाग हो भन्ने कुरालाई मान्यता दिएको र कुनै तरीकाको “थाइवान स्वतन्त्रता”को विरोध गरेको तथा राष्ट्रिय सर्वभौमिकता र भूभागको अक्षुण्णताको सँरक्षण गर्न र राष्ट्रिय एकीकरण साकार तुल्याउनका लागि चीनले चाल्ने सबै कदमलाई समर्थन दिएको बताउनुभयो।

रुवान्डाको विदेश मन्त्रालयले रुवान्डाले एक चीन सिद्धान्तको दृढताका साथ समर्थन दिएको बताएको छ।

भेनेजुएलाले हालै सरकारी विज्ञप्ति सार्वजनिक गर्दै एक चीन सिद्धान्तको दृढताका साथ समर्थन दिएको दोहोर्याएको छ।

लाओसका उप प्रधानमन्त्री एवम् विदेश मन्त्री सेलुमक्सायले आशियानका विदेश मन्त्रीहरूले एक वक्तव्य प्रकाशित गर्दै एक चीन सिद्धान्तको समर्थन दिएको बताउनुभएको छ। चालु वर्ष आशियानको अध्यक्ष मुलुक रहेको लाओसले आशियानले एक चीन सिद्धान्तलाई सधैँ नै कायम राखेको र कार्यान्वयन गरेको दोहोर्याउनुभयो।