सी चिनफिङद्वारा शानतुङको निरीक्षण, व्यापक सुधारलाई गहन पार्न जोड
2024-05-24 18:58:10cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव, राष्ट्राध्यक्ष एवं केन्द्रिय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले हाल शानतुङको निरीक्षण गर्दै शानतुङ प्रान्तले समस्त चीनको विकासको महान स्थितिमा आफ्नो स्थान सुनिश्चित गर्नुपर्ने बताउनुभएको छ।

 

सी चिनफिङले शानतुङले नयाँ विकास अवधारणाको सम्पूर्ण, सही, व्यापक रूपमा पालना गरी अझ व्यापक सुधारलाई गहन पार्ने आधारमा नयाँ विकास स्थितिलाई सेवा गर्न, आर्थिक तथा सामाजिक विकासको नवीन सिर्जनालाई बढाउन, पहेँलो नदी क्षेत्रको पारिस्थितिकीय संरक्षण र उच्च गुणस्तरीय विकासलाई बढाउन सक्दो प्रयास गर्नुपर्ने कुरा दोहोर्याउनुभयो।

 

हरित, न्यून कार्बन र उच्च गुणस्तरीय विकास पाइलट क्षेत्रको निर्माणलाई तीव्रता दिएर वैदेशिक खुलापनको नयाँ उच्च-स्तरीय उद्घाटन सिर्जना गरी चिनियाँ शैलीको आधुनिकीकरण शानतुङको नयाँ पृष्ठ लेख्नुपर्ने पनि उहाँले उल्लेख गर्नुभयो।

मे २२देखि २४ तारिखसम्म सी चिनफिङले शानतुङ प्रान्तीय पार्टी समितिका अध्यक्ष लिन पिन र प्रमुख चौ नाइस्याङको साथमा अघिपछि गरी रचाउ, चिनानलगायत क्षेत्रको निरीक्षण गर्नुभएको छ।