चिनियाँ कृषि विशेषज्ञहरूद्वारा सुरिनामका कृषकलाई रोपन प्रविधि तालिम
2024-05-24 09:12:24cri
Share with:

लामो समयदेखि सुरिनामलगायतका क्यारेबियन मुलुकहरू सागसब्जी र फलफूल आयातमा निर्भर रहँदैआएका छन्। वास्तवमा ती मुलुकहरूको कृषि पूर्वाधार राम्रो छ। आफ्नो मुलुकको मौसम र माटो सुहाउने कृषि उपज खोजेमा ती मुलुकहरूले स्वयम् उत्पादन र बिक्री गर्नसक्ने छन्। सुरिनामका किसानहरूलाई रोपन प्रविधि सिकाउन तथा उकास्न चीनको हु नान प्रान्तीय कृषि प्राविधिज्ञ र विशेषज्ञले सुरिनामको सारामाका क्षेत्रमा स्थानीय किसानहरूलाई प्रशिक्षित गरेका छन्। चालू वर्षको वसन्त चाडको अवधिमा समेत उनीहरूले तालिम दिएका थिए।

सन् २०२२ सेप्टेम्बर महिनादेखि सुरिनामका किसानहरूलाई रोपन प्रविधि माथि उकास्न मद्दत दिनका लागि सुरिनामको सहयोगमा चिनियाँ कृषि प्राविधिक सहयोग केन्द्र परियोजना सञ्चालन शुरू गरिएको थियो। यो केन्द्र सञ्चालन भएको एक वर्षयता रोपनसम्बन्धी प्रशिक्षणका लागि अनेकौँ हरित गृह, फलफूल र सागसब्जीको सँरक्षण क्षेत्रको निर्माण पूरा भइसकेका छन्। साथै स्थानीय किसानको तालिम कार्य पनि पूरा भइसकेको छ। चालू वर्षको वसन्त चाडपछि चिनियाँ कृषि विशेषज्ञहरूले दोस्रो खेपको तालिम कार्य गर्ने योजना बनाएका छन्।

चिनियाँ कृषि प्राविधिक सहयोग केन्द्र परियोजनाको फलफूल र सागसब्जी आधार क्षेत्रमा खुर्सानी, गोलभेडा, भ्यान्टा, गाजर देख्नपाइन्छ। स्थानीय किसानहरूले चिनियाँ गुरू सु लीरुङसँग खेतमा कृषि काम गर्दैछन्। गुरू सु लीरुङले स्थानीय किसानहरूलाई गोडमेल गर्न ,मल हाल्न सिकाउँदै हुनुहुन्छ। सु लीरुङले सहयोग केन्द्रको परियोजनाका लागि एक वर्षभन्दा बढी समय काम गर्नुभयो। उहाँले सुरिनाममा आफ्नो सहायता कामबारे चर्चा गर्दै भन्नुहन्छ “मैले मुख्यतःसागसब्जीको रोपनसम्बन्धी तालिमको जिम्मा लिएको छु। हामीले एक खेपको प्राविधिक तालिम पूरा गरेका छौँ। तालिमबाट राम्रो फाइदा भएको छ। स्थानीय किसानहरूले धेरै ज्ञान सिकेका छन्। हामीले उनीहरूलाई बैगुन, खरबुजा, मूला र तोरीको साग कसरी रोप्ने सिकाएका छौँ। स्थानीय वासिन्दाहरूले हामीले सिकेको चिनियाँ कृषि प्रविधिप्रति चासो लिएका छन्।”

सु लीरूङसँग प्रविधि सिकेकी शानियाले पत्रकारसँग कुराकानी गर्दै उनले आफूसँग केही कृषि रोपन अनुभव भएको तर अझै राम्रो सागसब्जी र फलफूल रोप्नका लागि चिनियाँ विशेषज्ञहरूसँग कृषि प्राविधिक तालिम कक्षामा भाग लिएको सुनाइन्। उनले गाउँका अरूलाई पनि रोपन प्रविधि सिकाउने योजना बनाइन्। उनी भन्छिन् “मैले यहाँ चिनियाँ विशेषज्ञहरूसँग सागसब्जी र फलफूलको रोपन प्रविधि सिकेँ, धेरै कुरा सिकेँ।  म धन्यवाद दिनचाहन्छु। पहिले मैले बुबाआमासँग रोप्न सिकेको थिएँ। तर अहिलेको सिकाइपछि रोपण सजिलो हुने महसूस गरेकी छु। हामीले अझै बढी उत्पादन, अझै राम्रो गुणस्तर, अझै राम्रो स्वादको फलफूल रोप्नसक्छौँ। हाम्रो स्थानीय किसानहरूको रोपन अनुभव र चिनियाँ विशेषज्ञको रोपन प्रविधि जोडिएपछि हामीले राम्रो सागसब्जी र फलफूल रोप्नसक्छौँ।  त्यसपछि सुरिनामका उपभोक्ताले सहजरूपमा खानपाउने छन्। र अरु मुलुकतर्फ पनि निर्यात गर्नसकिने छ।”

चिनियाँ कृषि प्राविधिक सहयोग केन्द्र परियोजनाका जिम्मेवार व्यक्ति लिउ तच्युनकाअनुसार, यो परियोजनाको मुख्य काम कृषि उपजको उत्पादन प्रविधिको परीक्षात्मक काम हो। उत्पादन प्रविधिको परीक्षात्मक कृषि उपजमा च्याउ, सागसब्जी र फलफूल समावेश छन्। लिउ भन्छन् “हाम्रो महत्वपूर्ण काम तालिम हो। सन् २०२४ मा हामीले छ खेपको तालिम दिने छौँ। तालिमको कुल खेप दश खेप हो। हामीले जम्मा तीन सय जनालाई तालिम दिने छौँ।”