चीनको शनचन शहरमा आयोजित सन् २०२४ सांस्कृतिक शक्ति देशको निर्माण सम्मेलनमा ली शुलैको सम्बोधन
2024-05-24 10:22:56CRI
Share with:

मे २३ तारिख, सन् २०२४ सांस्कृतिक शक्ति देशको निर्माण सम्मेलनमा क्वाङ तोङ प्रान्तको शनचन शहरमा आयोजना भएको छ। चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रिय समितिका सदस्य तथा चिनियाँ प्रसार विभागका मन्त्री ली शुलैले सो सम्मेलनलाई सम्बोधन गर्नुभएको छ। चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समिति सदस्य एवम् क्वाङ तोङ प्रान्तीय महासचिव हुआङ खुनमिङले पनि सम्बोधन गर्नुभएको छ।

सो सम्मेलनमा अतिथिहरूले सी चिनफिङ सांस्कृतिक विचार नयाँ युगमा सांस्कृतिक निर्माण कार्यान्वयनको अनुभवको सैद्धान्तिक सारांश मात्र नभई नयाँ युगमा सम्बन्धित् संस्कृति कार्यका लागि वैज्ञानिक र सैद्धान्तिक दिशा दिने चिनियाँ जातिय सांस्कृतिक विश्वासको सारांश भएको कुरामा पनि सहमति जनाएका छन्।

सो “चिनियाँ शैलीको आधुनिकीकरण र नयाँ संस्कृति मिसन” विषयक सम्मेलन चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रिय समितिको प्रसार विभागले आयोजना गरेको हो। चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रिय समितिका प्रसार तथा सांस्कृतिक सम्बन्धित् विभागहरू र विभिन्न प्रान्त तथा शहरहरूका प्रसार विभागका व्यक्तिहरू र विद्वानहरूको सो सम्मेलनमा सहभागिता थियो।