सी चिनफिङद्वारा युएईस्थित चिनियाँ शिक्षामा "सयौं विद्यालय परियोजना"का विद्यार्थी प्रतिनिधिहरूलाई जवाफ
2024-05-26 17:05:19cri
Share with:

हालै चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले संयुक्त अरब इमिरेट्स युएईस्थित चिनियाँ शिक्षाका लागि "सयौं विद्यालय परियोजना"का विद्यार्थी प्रतिनिधिहरूलाई चिनियाँ भाषा राम्रोसँग सिक्न, चीन बुझ्न र चीन-युएई मित्रता प्रवर्द्धनमा योगदान पुर्‍याउन प्रोत्साहनसहितको जवाफी पत्र पठाउनुभएको छ।

 

सी चिनफिङले भन्नुभयो, “मैले तपाईका प्रत्येक पत्र पढेको छु र चिनियाँ संस्कृतिप्रतिको तपाईको माया र दुई देशबीचको मित्रताको अपेक्षा महसुस गर्नसक्छु।’

 

सन् २०१९ को जुलाईमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ र संयुक्त अरब इमिरेट्सका अबुधाबीका युवराज मोहम्मदको संयुक्त उपस्थितिमा चीन र यूएईले आधिकारिक रूपमा यूएईमा चिनियाँ शिक्षा "सयौं विद्यालय परियोजना" सुरु गर्न बेइजिङमा एक समझदारी पत्रमा हस्ताक्षर गरेका थिए।