चिनियाँ राष्ट्राध्यक्ष सीले चीन-अरब सहयोग मञ्चको दशौँ मन्त्रीस्तरीय सम्मेलनको उद्घाटन समारोहमा भाग लिनुहुने
2024-05-26 16:08:28cri
Share with:

चीन र अरबबीचको साझा सहमतिमा आधारित चीन-अरब सहयोग मञ्चको दशौँ मन्त्रीस्तरीय सम्मेलन मे ३० तारिख पैचिङमा आयोजना हुने भएको छ। चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले यस सम्मेलनको उद्घाटन समारोहमा भाग लिनुका साथै मुख्य भाषण दिनुहुने छ।


चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक व्युरोका सदस्य एवं परराष्ट्र मन्त्री वाङ यीले अरब पक्षका अध्यक्ष एवं मौरिटानियाका विदेश मन्त्री मार्जुकसँग उक्त सम्मेलनको संयुक्त अध्यक्षता गर्नुहुने छ। अरबेली मुलुकका विदेश मन्त्रीहरु र अरब संघका महासचिवले पनि उक्त सम्मेलनमा भाग लिनुहुने छ।