प्रधानमन्त्री ली छ्याङ नवौँ चीन, जापान र दक्षिण कोरिया शिखर सम्मेलनमा
2024-05-27 15:05:29CRI
Share with:

मे २७ तारिख चीनका प्रधानमन्त्री ली छ्याङ सौलमा दक्षिण कोरियाली राष्ट्रपति युन सुक युल र जापानी प्रधानमन्त्री फुमिओ किशिदासँगै नवौँ चीन, जापान र दक्षिण कोरिया शिखर सम्मेलनमा सहभागी हुनुभएको छ।

 

सम्मेलनको क्रममा प्रधानमन्त्री ली छ्याङले चीन, जापान र दक्षिण कोरिया बीचको सहकार्यबारे ५ बुँदे प्रस्ताव प्रस्तुत गर्नुभएको छ। नयाँ चुनौती र नयाँ अवसरको सामना गर्दा ३ वटा मुलुकले नयाँ कर्तव्य बहन गर्नुका साथै नयाँ यात्राको आरम्भ गर्ने कुरामा उहाँले जोड दिनुभएको छ।

 

सम्मेलनपछि उहाँहरूले संयुक्त रूपमा पत्रकार भेटघाट गर्नुभएको छ। यसका अतिरिक्त ३ पक्षले नवौँ चीन, जापान र दक्षिण कोरिया शिखर सम्मेलनको संयुक्त घोषणा-पत्र, चीन, जापान र दक्षिण कोरिया बौद्धिक सम्पदा अधिकारको १० वर्षको अभिलाषा सम्बन्धी संयुक्त वक्तव्य र भावी विशाल सरूवा रोगको निवारण, तयारी र सामना गरिनेसम्बन्धमा पनि संयुक्त वक्तव्य प्रकाशित गरेका छन्।