नवौँ चीन-जापान-दक्षिण कोरिया शिखर सम्मेलन त्रिपक्षीय सहयोगको पुन: आरम्भः चीन
2024-05-27 17:15:25cri
Share with:

मे २७ मा चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले नियमित पत्रकार सम्मेलनमा चिनियाँ प्रधानमन्त्री ली छ्याङले भाग लिनुभएको नवौँ चीन-जापान-दक्षिण कोरिया शिखर सम्मेलनको बारेमा जानकारी दिनुभएको छ।

प्रवक्ता माउ निङले चीन–जापान–दक्षिण कोरिया सहयोग संयन्त्र स्थापना भएको २५ औँ वर्षगाँठका अवसरमा चार वर्षभन्दा बढी समयपछि पुनः त्रिपक्षीय शिखर सम्मेलन आयोजना गर्नुको अत्यन्त महत्वपूर्ण अर्थ रहेको उल्लेख गर्नुभयो। उहाँले  सो शिखर सम्मेलन नै त्रिदेशीय सहयोग पुनःस्थापना र पुनःसञ्चालनको प्रतीक रहेको पनि बताउनुभयो।

चीनले चीन–जापान–दक्षिण कोरिया सहयोगलाई सधैँ ठूलो महत्व दिँदै आएको र प्रधानमन्त्री लीले आपसी सहयोगलाई प्रगाढ बनाउने पाँच बुँदे प्रस्ताव अघि सार्नुभएको पनि प्रवक्ता माउले जनाउनुभयो।

माउ निङले अगाडि भन्नुभयो, "चीन यस शिखर सम्मेलनको अवसरमा दक्षिण कोरिया र जापानसँग नयाँ जिम्मेवारी लिएर नयाँ काम गर्दै  चीन-जापान-कोरिया सहयोगको स्थिर र दीर्घकालीन विकासलाई अघि बढाउनुका साथै क्षेत्रीय स्थिरता समृद्धिको लागि ठूलो योगदान गर्न चीन इच्छुक छ।