चीनमा मोबाइल भुक्तानी निकै सुविधाजनक रहेको चीनमा बसोबास गर्ने विदेशीहरुको भनाइ-२
2024-05-27 09:12:43cri
Share with:

चिनियाँ जन बैंकले केही दिन अगाडि चीन आएका विदेशीहरुको भुक्तानी संकेत सार्वजनिक गर्दै भुक्तानी गर्ने विविध सेवा पाउने तरिका तथा प्रयोग गर्ने प्रक्रियाबारे जानकारी दिएको छ। चिनियाँ वाणिज्य मन्त्रालयले “चीनमा कार्यरत् तथा जनजीवन बिताइरहेका विदेशीहरुका लागि मार्गनिर्देशिका" २०२४ को संस्करण” सम्पादन गरेको छ, यस मार्गनिर्देशिकामध्ये आबास, बैंक कार्ड तथा मोबाइल भुक्तानी खोल्ने लगायत मामिलाहरु समावेश छन्।

 

कु खाई सन् र मा लीले फेला पारे कि वि-च्याट विदेशी बैंक कार्डसँग जोड्न सकिन्छ। यसका साथै बैंक कार्डसँग जोड्नका लागि मान्यता र नामको फोर्म्याट लगायत पक्षमा आवश्यक प्रक्रियामा सुधार भएको छ। अलीपैको अन्तर्राष्ट्रिय संस्करणको एपमा पनि विदेशी बैंक कार्डलाई जोड्न सकिन्छ, दर्ता गरेर बैंक कार्डसँग जोडेपछि प्रत्यक्ष रुपमा स्क्यानिङबाट पैसा तिर्न मिल्छ। माली र कु खाई सन् यसरी भन्छन्,

अहिले राम्रो छ। यी एपहरुले हामीलाई चिनेका छन् र राहदानीको पहिचान लिन सक्छन्। त्यसैले अहिले म सुविधापूर्वक प्रयोग गर्न सक्छु।

पछि मेरा गुरुले मलाई सिकाउनुभयो, मैले तुरुन्तै सिकेको छु। विदेशी बैंक कार्डसँग जोड्न सकिन्छ र जोड्ने प्रक्रिया पनि सरल छ।

 

मार्च १९ तारिख बेलायतकी एक भिडियो ब्लोगरले सार्वजनिक गरेको चीनमा मोबाइल भुक्तानी सम्बन्धी एउटा भिडियोले धेरै इन्टरनेट प्रयोगकर्ताहरुको प्रशंसा पाएको छ। दश सेकेण्डको छोटो भिडियोमा उनको परिवारका पाँच सदस्यले शुरुको चिन्तादेखि अहिलेको खुसीसम्मको अनुभवबारे प्रष्ट पारेको छ।

मोबाइल भुक्तानी धेरै सजिलो छ। तपाईँको मोबाइलबाट सम्बन्धित एप खोलेर क्युआर कोड स्क्यानिङ गरेपछि पैसा तिर्न सकिन्छ। शुरुमा सम्बन्धित एप डाउनलोड गर्न समस्या भेटेका थियौँ, तर पछि सबै कुरा मिल्यो। धेरै राम्रो छ, पैसा तिर्न निकै सजिलो छ।

 

केन्द्रीय जातिय विश्वविद्यालयमा अध्ययनरत् उज्वेकिस्तानकी विद्यार्थी फारानिगज चीनमा दुई वर्षदेखि बस्दैआएकी छिन्। छोटो अवधिमा चीन आउने विदेशीहरुको तुलनामा मोबाइल भुक्तानी मिलाउने समय उनीसँग बढी छ।

पैचिङ आउने वित्तिकै मैले राहदानी तथा विश्वविद्यालयको भर्ना पत्रमार्फत बैंक कार्ड मिलाएकी थिएँ, बैंकका कर्मचारीले तुरुन्तै मेरालागि मिलाए, अहिले मलाई विभिन्न एपमार्फत पैसा तिर्न सजिलो छ। सार्वजनिक साइकल चढ्न तथा भूमिगत रेलमा बस्न धेरै सुविधाजनक छ।

 

चीनमा आएका यी विदेशीहरुले भुक्तानीको वातावरण निरन्तर रुपमा सुधार हुँदै आएको अनुभव गर्दै भविष्यमा विदेशी भाषाको संस्करण, प्रयोग गर्ने निर्देशिका तथा इलेक्ट्रोनिक बिल लगायत पक्षमा अरु बढी सुधार हुने अपेक्षा गरेका छन्।