थाइवान विषयमा सीमा नाघ्ने प्रयास गर्नु हुँदैनः चीन
2024-05-27 17:17:34cri
Share with:

मे २२ मा चिनियाँ परराष्ट्र मन्त्रालयको वेबसाइटमा १२ अमेरिकी सैन्य प्रतिष्ठान र १० कर्पोरेट कार्यकारीहरू विरुद्ध प्रतिकार गर्ने निर्णय सार्वजनिक गरियो। मे २७ मा आयोजित नियमित पत्रकार सम्मेलनमा तथाकथित रूस-सम्बन्धित कारकहरूको आधारमा चिनियाँ कम्पनी विरुद्ध लगाइएको अमेरिकी प्रतिबन्ध र थाइवान क्षेत्रका नेताको "शपथ ग्रहण समारोह" मा भाग लिनुको जवाफमा यो चीनको प्रतिवाद हो कि भन्ने पत्रकारद्वारा प्रश्न सोधिएको छ। उक्त प्रश्नको जवाफ दिँदै  चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले भन्नुभयोः मे २२ मा परराष्ट्र मन्त्रालयको नम्बर ७ निर्णय चीनले घोषणा गर्यो। चीनले अन्तर्राष्ट्रिय कानुनमा कुनै आधार नभएको र संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदबाट प्राधिकृत नदिइएको एकपक्षीय प्रतिबन्धको सधैँ दृढतापूर्वक विरोध गर्दै आएको छ र आफ्नो वैध र कानुनी अधिकार तथा हितको रक्षाका लागि आवश्यक कदमहरू चाल्न जारी राख्नेछ।

साथै प्रवक्ता माउले जोड दिँदै भन्नुभयोः युक्रेन संकटप्रति अमेरिकाले लिनुपर्ने आफ्नो जिम्मेवारीको सामना गर्दै अन्धाधुन्ध रूपमा अवैध एकपक्षीय प्रतिबन्धहरू लगाउन अमेरिकाले बन्द गर्नुपर्ने आग्रह चीनले गरेको छ।