चीन-अरबेली मुलुक सहयोग मञ्चको १०औँ मन्त्रीस्तरीय सम्मेलनबारे जानकारी
2024-05-27 19:38:48cri
Share with:

सन् २०२४ मे २७ का दिन चिनियाँ परराष्ट्र मन्त्रालयले चीन-अरबेली मुलुक सहयोग मञ्चको १०औँ मन्त्रीस्तरीय सम्मेलनको उद्घाटन समारोहमा राष्ट्राध्यक्ष सी चिनफिङको उपस्थितिबारेमा चिनियाँ र विदेशी सञ्चारमाध्यमका लागि जानकारी दिएको छ। उप परराष्ट्र मन्त्री तङ लीले जानकारी गराउँदै भन्नुभयोः दुई पक्षका नेताहरूको सहमतिको कार्यान्वयन गर्ने, चीन र अरबेली देशहरूबीच विभिन्न क्षेत्रमा हुने सहयोगलाई विस्तार गर्ने र चीन–अरब सँयुक्त भाग्य समुदायको निर्माणलाई तीव्रता दिने विषयमा सो सम्मेलनमा केन्द्रित हुने बताइएको छ। उक्त सम्मेलनमा चीन र अरबेली देशहरूबीचको सहमतिलाई अझ मजबुत बनाउने, सहयोगको अर्को चरणको योजना बनाउने र प्यालेस्टाइनको बारेमा चीन र अरबेली देशहरूको साझा आवाज दिने लगायत धेरै परिणाम दस्तावेजहरू पारित गर्ने योजना बनाइएको छ। मे ३० मा राष्ट्राध्यक्ष सी चिनफिङले चीनको भ्रमणमा रहनुहुने बहराइनका राजा हमाद, इजिप्टका राष्ट्रपति अब्देल फतह अल सिसी, ट्युनिसियाका राष्ट्रपति सैद र संयुक्त अरब इमिरेट्सका राष्ट्रपति मोहम्मदसँग उक्त सम्मेलनको उद्घाटन समारोहमा भाग लिनुभई सम्बोधन गर्नुहुने कार्यक्रम छ। जसबाट चीन र अरबेली देशहरूको एकताबद्ध र सहयोग गर्ने अठोटलाई देखाउनुका साथै चीन-अरब सम्बन्धलाई नयाँ स्तरमा पुर्याउने साझा आकाङ्क्षालाई पूर्णतया प्रतिबिम्बित गरिने जनाइएको छ।