चीनको मध्य क्षेत्रको द्रुत विकास तथा वित्तीय जोखिम जिम्मा लिने नयाँ नियमको लेखाजोखा
2024-05-27 17:14:24cri
Share with:

चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोले मे २७ मा एक बैठक आयोजना गर्दै "नयाँ युगमा मध्य क्षेत्रको द्रुत विकासलाई बढाउने सम्बन्धी विभिन्न नीति र उपायहरू" र "वित्तीय जोखिम रोकथाम र समाधानको लागि जिम्मेवारी सम्बन्धी प्रावधानहरू (परीक्षात्मक)" दुई दस्तावेजको लेखाजोखा गरेको छ। चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव सी चिनफिङले उक्त बैठकको अध्यक्षता गर्नुभएको हो।

सो बैठकमा मध्य क्षेत्रको उत्थानलाई बढाउनु नै पार्टी केन्द्रीय कमिटीले गरेको प्रमुख रणनीतिक निर्णय भएको औँल्याइएको छ। सम्बन्धित विभागहरूले  थप समर्थन गर्दै, शान्सी, अनहुई, च्याङ्सी, हनान, हुपै, हुनान लगायतका मध्ये क्षेत्रका ६ वटा प्रान्तहरूले गम्भीरताका साथ मुख्य जिम्मेवार वहन गर्नुपर्दछ भन्ने कुरा पनि उल्लेख गरिएको छ।

साथै उक्त बैठकमा वित्तीय जोखिमको रोकथाम र समाधान राष्ट्रिय सुरक्षा, समग्र विकास र जनताको सम्पत्ति तथा सुरक्षासँग सम्बन्धित रहेको र उच्च गुणस्तरीय विकास हासिल गर्नका लागि पार गर्नुपर्ने प्रमुख थ्रेसहोल्ड भएको औँल्याइएको छ। "विनियमहरू" को कार्यान्वयनलाई गम्भीरतापूर्वक बुझ्नु आवश्यक चुनौती हो भन्ने कुरामा पनि जोड गरिएको छ। वित्तीय क्षेत्रमा कडा उपायहरू र गम्भीर वातावरणमा लामो समयसम्म उक्त नियमको कार्यान्वयनलाई कायम रहनु आवश्यक छ।