चीन र अमेरिका बीच समुद्री मामिला सम्बन्धमा दोस्रो छलफलको आयोजना
2024-05-28 14:41:18CRI
Share with:

सन् २०२४ को मे २४ तारिख चीन र अमेरिका बीच समुद्री मामिला सम्बन्धी दोस्रो छलफल भिडियो तरिकामार्फत आयोजना गरिएको छ। चीनको परराष्ट्र मन्त्रालय अन्तर्गत सीमा र समुद्री मामिला विभागका प्रमुख होङ ल्याङ र अमेरिकी राज्य परिषद्का चीन मामिला समन्वयकार एवम् पूर्वी एशिया व्युरोका सहायक मार्क लाम्बर्टले संयुक्त रूपमा उक्त छलफल सम्मेलनको अध्यक्षता गर्नुभएको छ।

 

छलफलको क्रममा दुवै पक्षले सामुद्रिक परिस्थिति र थाइवान जलडमरूसँग सम्बन्धित रहेका विषयहरूबारे वैचारिक आदान प्रदान गर्नुका साथै आपसी संवार्तालाई कायम राख्दै सामुद्रिक खतराको नियन्त्रण र व्यवस्थापन गर्न सहमति जनाएका छन्। यसबाहेक चीनको भूखण्डको सार्वभौमिकता र सामुद्रिक हक-अधिकारको वास्तविक रूपमा सम्मान गरी क्षेत्रीय शान्ति र स्थिरतालाई नबिगार्न चीनले अमेरिकालाई ताकिता पनि गरेको छ।

 

एक मात्र चीन भन्ने सिद्धान्त नै चीन-अमेरिका सम्बन्धको राजनीतिक जग हुनुका साथै थाइवान जलडमरूको सन्दर्भमा दुवै पक्ष बीच संवार्ता गरिने महत्वपूर्ण आधार रहेको छ। त्यसैगरी अमेरिकाले थाइवान पृथक्तावादी शक्तिलाई समर्थन नगर्नुका साथै समर्थन नगर्ने वचन-बद्धतालाई व्यवहारमा उतार्नुपर्ने कुरामा पनि चीनले जोड दिएको छ।