विश्व स्वास्थ्य सम्मेलनद्वारा थाइवान सम्बन्धित् विषय अस्वीकार – चीनको राज्य परिषद थाइवान मामिला कार्यालय
2024-05-28 10:55:58CRI
Share with:

मे २७ तारिख, ७७औँ विश्व स्वास्थ्य सम्मेलनमा थाइवान सम्बन्धित् विषयहरूलाई गोष्ठीमा नराख्ने निर्णय भएको छ। चीनको राज्य परिषद थाइवान मामिला कार्यालयका प्रवक्ता छन बीन हुआले विश्वमा चीन मात्र एक हो र थाइवान चीनको एक भाग भएको औँल्याउँदै ७७औँ विश्व स्वास्थ्य सम्मेलनको उक्त निर्णयबाट अन्तर्राष्ट्रिय समाजले एक-चीन सिद्धान्तको पालना गर्ने तथ्य स्पष्ट देखिएको व्यक्त गर्नुभयो।

प्रवक्ता छनले भन्नुभयो, थाइवानका जनता हाम्रा परिवार हुन्। हामीले थाइवान जनताका स्वास्थ्य र हितलाई मुख्य स्थानमा राखेका छौँ र थाइवान जनताको स्वास्थ्यको अधिकार सुरक्षा गर्नका लागि हामीले विश्वको स्वास्थ्य सम्मेलनमा आयोजना हुने प्राविधिक गतिविधिहरूमा चीनको थाइवानका चिकित्सा प्राविधिज्ञहरूको सहभागितालाई निरन्तरता दिँदै भाग लिइरहेका जोड दिनुभयो।