व्यापक श्रमिकलाई सन्तुष्टि प्राप्ति, खुशी र सुरक्षाको भावनालाई निरन्तर बढाउनुपर्ने
2024-05-28 18:38:47cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिनफिङले उच्च गुणस्तरमा पूर्ण रोजगारीलाई बढाउन र व्यापक श्रमिकलाई सन्तुष्टि प्राप्ति, खुशी र सुरक्षाको भावनालाई निरन्तर वृद्धि गर्न आवश्यक रहेको कुरामा जोड दिनुभएको छ। उहाँले  मे २७ तारिख दिउँसो चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोको १४औँ सामूहिक अध्ययनमा उक्त कुरा भन्नुभएको हो।

चिनियाँ श्रमिक तथा सामाजिक प्रत्याभूति विज्ञान प्रतिष्ठानका कुलपति मो रोनले उक्त विषयबारे व्याख्या गर्दै कार्य सुझाब प्रस्तुत गर्नुभयो। सीपीसी केन्द्रीय समितिको राजनीतिक ब्युरोका कमरेडहरूले ध्यान दिएर छलफल गर्नुभएको छ।