#अल्पसंख्यक जाति# नयाँ युगमा तिब्बतको दीर्घकालीन सुरक्षा र उच्च गुणस्तरीय विकास
2024-05-28 14:36:22cri
Share with:

आदरणीय श्रोता, कार्यक्रमकी सञ्चालिका ललिताको नमस्कार। अल्पसंख्यक जाति कार्यक्रममा तपाईँलाई स्वागत छ। मे २३ तारिख चिनियाँ राज्य परिषदले “नयाँ युगमा तिब्बतको दीर्घकालीन सुरक्षा र उच्च गुणस्तरीय विकास” सम्बन्धी पत्रकार सम्मेलनको आयोजना गरेको छ। सो अवसरमा, चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत स्वायत्त प्रदेश समितिका उपसचिव यान हाइचिनले तिब्बतको अवस्थाबारे जानकारी दिनुभएको छ। उहाँका अनुसार, “चौधौँ पञ्चवर्षीय योजना”देखि तिब्बतको जीडीपी १ खर्ब ९० अर्ब युआनबाट गत वर्ष २ खर्ब ९० अर्ब युआन पुगेको छ। प्रत्येक व्यक्तिको सरदर जीडीपी ५२ हजार ३०० युआनबाट ६० हजार युआनमा पुगेको छ। आजको कार्यक्रममा यस विषयका बारेमा सविस्तार जानकारी दिन चाहन्छु।

धुन

 

तिब्बतले स्थानीय अवस्थाबमोजिम उच्च गुणस्तरीय विकासको विशेषतायुक्त श्रेष्ठताको निर्माण गरेको चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत स्वायत्त प्रदेश समितिका उपसचिव यान हाइचिनले चर्चा गर्नुभएको छ। उदाहरणका लागि, साँस्कृतिक पर्यटन उद्योगमा गत वर्ष ५ करोड ५१ लाख ७० हजार जना चिनियाँ तथा विदेशी पर्यटकहरूले तिब्बतको यात्रा गरेका थिए। जसबाट पर्यटनको कुल आम्दानी ६५ अर्ब १० करोड युआन पुगेको छ। पर्यटकको संख्या र आम्दानी क्रमशः ८३.७ प्रतिशत र ६०प्रतिशत वृद्धि भएको छ। दुवै वृद्धिको गतिले ऐतिहासिक रेकर्ड सिर्जना गरेका छन्।

साथै “तेह्रौँ पञ्चवर्षीय योजना” अवधिमा तिब्बतमा यात्रा गर्ने पर्यटकको संख्या १५ करोड ८० लाख पुगेको छ। यो अंक “बाह्रौँ पञ्चवर्षीय योजना”को तुलनामा २.३ गुणाले बढी हो। पर्यटन उद्योग जनताका लागि साँच्चिकै समृद्धि उद्योग बनेको छ। 

धुन

पत्रकार सम्मेलनमा तिब्बत स्वायत्त प्रदेशका उपाध्यक्ष स्यु चथाउले पर्यटनको विकासमा देखा परेको समस्या र अड्चनबारे जानकारी दिनुभएको छ। उहाँका अनुसार, तिब्बतको पर्यटकीय यातायातको आधारभूत प्रबन्ध त्यति सुविधाजनक छैन। तिब्बतको क्षेत्रफल ठूलो भएको हुनाले पर्यटकको यातायात लागत र समय लागत बढी छ। साथै तिब्बतको सरदर उचाइ ४००० मिटरभन्दा बढी भएकाले चिनियाँ तथा विदेशी पर्यटकलाई अक्षाङ्श समस्याको चिन्ता पनि हुने गर्छ।

 

भविष्यमा तिब्बती पर्यटनको विकासबारे उपाध्यक्ष स्युले भन्नुभयो-

१.तिब्बतले पर्यटनको विकाससम्बन्धी योजना बनाएर चिनियाँ साँस्कृतिक पहिचान योग्य, पर्यावरणीय सभ्यतामा प्रतिनिधित्व र विश्वस्तरीय पर्यटन क्षेत्रको निर्माण गर्नेछ।

२. साँस्कृति र पर्यटन मिलेर तिब्बती जटीबुटी, पठारभूमा ट्रेकिङ लगायत विशेषतायुक्त पर्यटन विकास गर्नेछ।

३. वैदेशिक खुलापनलाई तीब्र पारेर तिब्बतमा प्रवेश गर्ने सान्दर्भिक प्रक्रियाको दक्षता सुधार गर्ने, भाषाको अनुवादन तथा भुक्तानी सहजीकरणको समाधान गरी अझ बढी अन्तर्राष्ट्रिय पर्यटकलाई आकर्षित गर्नेछ।

४. सेवाको गुणस्तरलाई उकासेर अझ बढी प्रत्यक्ष वायु सेवा सञ्चालन गर्नुका साथै अझ बढी लगानी आकर्षण गर्नेछ।

धुन

नेपाली साथीहरू, तपाईंसँग तिब्बतको यात्रा गर्ने योजना वा इच्छा छ कि?