विश्व स्वास्थ्य सम्मेलनद्वारा थाइवान सम्बन्धी प्रस्ताव अस्वीकारप्रति परराष्ट्र मन्त्रालयको प्रतिक्रिया
2024-05-28 10:48:45cri
Share with:

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ताले मे २७ तारिख ७७औँ विश्व स्वास्थ्य सम्मेलनले थाइवान सम्बन्धी प्रस्तावलाई अस्वीकार गरेपछि सम्बोधन गर्नुभएको छ।

 

७७औँ विश्व स्वास्थ्य सम्मेलनले मे २७ तारिख “पर्यवेक्षक मुलुकको रुपमा थाइवानलाई निमन्त्रणा गरी विश्व स्वास्थ्य सम्मेलनमा सहभागी गराउने” सम्बन्धमा केही मुलुकले प्रस्तुत गरेको तथाकथित प्रस्तावलाई सम्मेलनको कार्यसूचिमा राख्न अस्वीकार गरेको छ। विश्व स्वास्थ्य सम्मेलनले थाइवान सम्बन्धी प्रस्तावलाई अस्वीकार गरेको यो निरन्तर आठौँ वर्ष हो। विश्व स्वास्थ्य सम्मेलनमा थाइवान मामिला सम्बन्धी चीनको अडानले अन्तर्राष्ट्रिय समाजले व्यापक जानकारी पाउनुकासाथै समर्थन प्राप्त गरेको छ। एक सय भन्दा बढी मुलुकहरुले विश्व स्वास्थ्य संगठनका महानिर्देशकलाई सन्देश पठाएर चीनको अडानको समर्थन गरेका छन्। जसबाट एक मात्र चीनको सिद्धान्त अन्तर्राष्ट्रिय समाजको इच्छा अनुसार विकासको प्रवृत्तिसँग अनुकूल रहेको पूर्ण रुपमा स्पष्ट पारिएको छ।

प्रवक्ताले एक मात्र चीनको सिद्धान्तमा अडिग रहेको अन्तर्राष्ट्रिय समाजको मुलभूत स्थिति तथा चीनको एकीकरणको प्रवृत्तिमा भाङ्जो हाल्ने मिन चिन पार्टी सत्तालाई चेतावनी पनि दिनुभयो।